सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार २२:१९
५९६५
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ ।
यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।
कम्पनीले यही आश्विन ६ गते समाजिक सेवा दिवसकै अवसरमा बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादको अध्यक्क्षतामा बिरगंज शाखा कार्यालय द्वारा आज बिरगंज मा रहे को मानव सेवा आश्रममा गई फलफुल तथा खाजा खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ ।
कम्पनीको उपलब्धी हाँसिल गर्नमा बीमा समिति, समस्त अभिकर्ता, सम्पुर्ण कर्मचारी, ग्राहक वर्ग तथा शेयरधनी महानुभावहरुले कम्पनी प्रति दर्शाउनु भएको विश्वास तथा सद्भाव प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ बढी सुलभ, सरल र आधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।