बिरगंज | बिरगंज नर्सिङ क्याम्पस BNS 2nd year का विद्यार्थीहरुद्वारा बिरगंज महानगरपालिका वार्ड न 1 मा (Community Health Camp)सामुदायिक स्वास्थ सिबिर संचालक गरेको थियो । वडा न १ का स्थानीय जनताहरुको स्वास्थ्य परिक्षण गरिने उदेशयले र हालै फैली रहेको डेङु ज्वरोको बारेमा समेत सबैलाइ जानकारि गराउने सोच राखी समेत सो शिविर संचालन गरिएको कुरा खुश्बु मिश्रले जनाइन ।
कार्यक्रमको प्रमुख अतिथिका बिरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले सहभागी सबैलाइ सो कार्यक्रमको शुभकामना दिनुका साथै यश प्रकारका शिविर आउने दिनमा हरेक वडामा सचालन गर्नकालागी विभिन्न निकाय सङ समन्वय गर्ने कुरा जनाएका थिए। उक्त कार्यक्रममा मेयरका राजनिती सल्लाहकार मुकेश द्विवेदी वार्ड न 1का वार्ड अध्यक्ष मनोज कानु बिरगंज युवा समाज का कमल चौलागाईं, अरबिन्द सिंहा, निरज शाह, राजन श्रीवास्तव, देवेस गुप्ता, दिनेश साह कानु बिर्ता प्रहरीका प्रहरी निरीक्षक लगायतको उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रम नर्सिङ क्याम्पसको क्याम्पस प्रमुखको अध्यक्ष ता मा भएको थियोे र कार्यक्रम को संचालन नर्सिङ क्याम्पसका विद्यार्थी खुश्बु मुश्रले गरेका थिए भने बिद्यार्थीहरुले आ-आफ्नो स्टलमा जनचेतना सम्बन्धि चित्र एवं पम्पलेट राखी जनचेतना दिने कार्य गरेको कुरा शिवानी रिमालले जानकारी गराएकी छिन् ।