आर्टिफिसियल इन्टेलिजेन्स एक्सपर्ट एलिसन सिल्चा र रोकोर्टिक विशेषज्ञ निल आर्थरले आउँदो दिनमा डिजि सेक्सुअल टेक्नोलोजीले नयाँ स्थानमा पुर्याउने जानकारी दिएका छन् ।
मानिससँग कसरी एक मेसीनले शारीरिक सम्बन्ध राख्छ त ?
नील आर्थरले भनेका छन्, ‘डिजि सेक्सुएलिटी टेक्नोलोजी अहिलेसम्मकै राम्रो टेक्नोलोजी हो । यसको प्रयोगले कुनै पनि व्यक्तिले चाहेको व्यक्तिसँग सेक्सुअल सम्बन्ध राखेको अनुभव गर्नेछ ।’
डिजि सेक्सुअल टेक्नोलोजी बनाएका एलिसन सिल्चाले आफूहरुले रोबोर्ट बनाउनका लागि धेरै नै मेहनत गरेको बताए । उनले अनुहारको डिजाइन, शरीरका अन्य अंग बनाउन र सेक्सुअल क्षेत्रको निर्माणमा धेरै खर्च र समय लागेको जानकारी दिए ।
प्रेमिकाले जस्तै अंगालो हाल्ने, चुम्बन गर्ने र सेक्सुअल गतिविधिमा पनि ह्युमनको जस्तै गतिशिलता दिन सक्नेगरी रोबोर्ट बनाएको दावी गरिएको छ । अहिले परीक्षणका क्रममा मात्र बजारमा गएको रोबोर्टलाई विशेष प्रकारले तयार गर्ने कम्पनीले जनाएको छ ।
रोबोर्टको सहायतामा ५० वर्षमाथिका व्यक्तिमा यौन चाहना पहिले जस्तै राम्रो भएको र बलात्कार, यौन हिंसा जस्ता घटनामा पनि कमी आउने निर्माणमा संलग्नहरुले बताएका छन् । डिजि सेक्सुअल टेक्नोलोजीले यो खालको रोबोर्ट बजारमा ल्याइसकेको छ ।
आउँदो वर्ष विशेष प्रकारले बजारमा ल्याउने कम्पनीको तयारी छ । सन् २०२०सम्ममा बजारमा आउने विशेष प्रकारको डिजि सेक्सुअल टेक्नोलोजीको रोबोर्टले कुराकानी पनि गर्ने कम्पनीको दावी छ ।