नजिकिँदै उपनिर्वाचन, आयोगमा दर्ताका लागि पुगे २२ दल
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार ०६:३९
५२८३
काठमाडौं । उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन् ।
प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुनलागेको हो ।
भदौ १६ गतेदेखि मसान्तसम्ममा २२ वटा दलले दर्ताका लागि निवदेन दिएका थिए । २०७४ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका दलहरूले तीनवटै तहको उपनिर्वाचनमा भाग लिन भने दल दर्ता गराउन पर्दैन ।