जानकी मन्दिरभित्र २ घण्टा चेक : केही फेला नपरेपछि मन्दिरमा प्रवेश खुला
वीरगंज संजाल
३ आश्विन २०७६, शुक्रबार २३:५९
५६१५
धनुषा | दुई घण्टाकाे चेकपछि जनकपुरको जानकी मन्दिरमा पुनः प्रवेश खोलिएको छ ।मन्दिरभित्र शंकास्पद बस्तु अथवा बम राखेको आशंकामा प्रहरीले शुक्रबार दिउँसो सवा १२ बजे एकाएक जानकी मन्दिरबाट श्रद्धालु भक्तजन, साधुसन्त र स्थानी फुटपाथ व्यवसायीलाई निकालेको थियो ।
साढे १२ बजेदेखि साढे २ बजेसम्म निरन्तर प्रहरीले २ घण्टा मन्दिर भित्र चेक गरेको थियाे । मन्दिर भित्र शंकास्पद बस्तु राखिएको सूचनाको आधारमा तालिमप्राप्त कुकुर समेत लगाएर चेक गरिएको र त्यस क्रममा केही फेला नपरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो । मन्दिरभित्र केही फेला नपरेपछि सर्वसाधारणलाई साढे २ बजेदेखि प्रवेश गर्न दिइएको छ ।