असोज ३ कालो दिन नाराको साथ राजपा तथा मधेशी फोरम मधेशले वीरगन्जमा संविधान बिरोधी र्याली
वीरगंज संजाल
३ आश्विन २०७६, शुक्रबार १७:१८
९८२७
वीरगन्ज । राजपा पर्साले वीरगन्जमा संविधान दिवसको बिरोधमा वीरगन्जमा र्याली निकालेको छ । वीरगन्जको लालबंगलामा जम्मा भएका राजपाका नेता तथा कार्यक्रताहरुले पाखुरा तथा टाउँकोमा कालो पट्टी बाधेर विभिन्न संविधान विरोधी नाराहरु लेखिएको प्लेकार्ड र हातमा कालो झण्डा बोकी र्याली निकालेका छन् ।
र्याली नगर परिक्रमा पछि बिरोध सभामा परिणत हुने राजपा पर्साले जनाएको छ । केन्द्रिय नेताहरु रमेश कुर्मी,उपेन्द्र महतो,कृष्णा पटेल,प्रेमबाबु पटेल, महिला नेतृ मुन्नी श्रीवास्तव ,रम्भा मिश्रा लगायतकाले बिरोध र्यालीको नेतृत्व गरेका छन् । र्यालीमा महिलाहरुको सहभागिता पनि उलेखनिय रुपमा रहेको देखिएको छ ।
लालबंगलाबाट निकलेको बिरोध र्याली घण्टाघर हुदै मुख्य बजारको परिक्रमा गर्ने तथा पूर्व निर्धारित कार्यक्रम अनुसार बिरोध सभामा परिणत हुने राजपाका महिला नेतृ रम्भा मिश्राले बताउनु भयो । राजपाले असोज ३ लाई कालो दिवस भनेको छ ।यस अधि बिहान जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा निकालिएको प्रभात फेरीको क्रममा मधेशी जन अधिकार फोरम मधेशको संयोजक भाग्यनाथ गुप्ताको नेतृत्वमा रहेको पार्टीका नेता कार्यक्रताहरुले संविधान बिरोधी नाराहरु लगाउँनुको साथै नेपालको संविधान २०७२ लेखिएको पोष्टर जलाएका थिए ।
नारबाजीको क्रममा नेताहरु संविधानको पुनलेखन गर्नु पर्ने माग गरेका थिए भने प्रदेश २ को सरकार मुर्दावादको नारा लगाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता भाग्यनाथ गुप्ताले संविधान दिवस नमनाउँनेलाई राष्ट्रघाती भन्न सरकारलाई चुनौती दिए । मधेशी, थारु,जनजाती कसैले पनि संविधान दिवस नमनाएको भन्दै सबै राष्ट्रघातीको हो भन्ने राष्ट्रवादी को गुप्ताले प्रश्न गरे । यो संविधानलाई तमाम नेपालीले अस्वीकार गरी सकेको कारण यो संविधान खाजेर गर्नु पर्ने गुप्ताले वताए ।