• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कर्णाली

    संविधान दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले दिए शुभकामना

  • वीरगंज संजाल
  • Sep 20, 2019, 9:34 am
  • १०५५९

    बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै संविधान दिवसको शुभकामना दिएका हुन ।
    उनले दिएको शुभकमना सन्देश जस्ताको तस्तै :

    संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

    नेपाली जनताको एकताबद्ध र लामो संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ नागरिकका छोराछोरीले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो । नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संघीयता, गणतन्त्र,

    धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा हामी अघि बढेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा हामीले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मनाउन लागिरहेका छौं । राजनीतिक स्थायित्व र सुशासनको लागि यो महत्वपूर्ण आधारशीलाको रुपमा रहने हाम्रो विश्वास छ ।

    ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छौ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा निर्वाचन मार्फत राजनैतिक नेतृत्व स्थापित भएपछि संघीयताको राजनीतिक आधारशीला खडा भएको छ । कर्मचारी समायोजनले प्रशासनिक संघीयता कार्यान्वयन हुँदैछ । आवश्यक कानुन निर्माण गर्दै शासन प्रणालीलाई स्थापित गर्ने महत्वपूर्ण काम भएको छ । कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन गर्न अझै धेरै काम गर्न वाँकी छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गरी मुहारमा उज्यालो छर्न संघीय प्रणालीको व्यवहारिक कार्यान्वयन आवश्यक छ । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने छ ।

    राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राष्ट्रिय एकतालाई खल्बलाउने गरी हुने कतिपय हर्कतका प्रयत्नलाई नागरिकको बलियो एकता र विश्वासबाट निस्तेज हुने विश्वास लिएको छु । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिदैन । राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

    समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर समृद्ध प्रदेश निर्माणको अभियानमा अघि बढिरहेका छौं । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न हामी सार्थक योगदान गर्न चाहन्छौ । संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।
    अन्त्यमा, संविधान दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।
    शंकर पोखरेल
    मुख्यमन्त्री

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन
  • २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
  • पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी
  • जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङले छलफल गर्ने https://britantnews.com/2026/08/22/49142/home-minister-gurung-to-hold-discussions-with-the-parents-of-three-year-old-garima-chaudhary/

    विदेशमा छोराछोरी, विभाजित नेपाली समाज

    नेपालसहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्प प्रशासनको निर्णयलाई रोक्यो अदालतले

    ‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    News

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    News

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    News

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    News

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑