मेयर पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
राजेशमान सिंह | छाता | जनता समाजवादी पार्टी, नेपाल | 13724 |
विजयकुमार सरावगी | सुर्य | नेपाल कम्युनिष्ट पार्टी (एमाले) | 6927 |
गिरीश गिरी | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 541 |
उपप्रमुख पदका उम्मेदवारहरू | चुनाव चिन्ह | पार्टी | कुल मत |
---|---|---|---|
इम्तियाज आलम | गाछी | नेपाली कांग्रेस | 8972 |
पुरुषोतमलाल झा | साइकल | लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल | 1766 |
बिना जैसबाल | हलो | राष्ट्रिय प्रजातन्त्र पार्टी | 919 |
रम्भा मिश्रा | गुलाफ | स्वतन्त्र | 1175 |
रियाद । साउदी अरेबियाले आफ्नो तेल प्रतिष्ठानमा भएको आक्रमणमा इरानको हात भएको कुराको आफूसँग प्रमाण भएको जनाएको छ । साउदी अरेबियाको रक्षा मन्त्रालयले हमलामा प्रयोग गरिएका १८ वटा ड्रोन र सातवटा क्रुज मिसाइल एकै दिशाबाट आएकोले यसको स्रोत यमन हुन नसक्ने बताएको छ ।
यमनमा इरान समर्थित हुथी विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको थियो । इरानले यो मामिलामा आफू सामेल भएको भन्ने आरोपको खण्डन गरिसकेको छ । उसले कुनै सैन्य कारवाही भएमा त्यसको जवाफ दिने चेतावनी समेत दिएको छ । तर साउदी अरेबियाको रक्षा मन्त्रालयले आक्रमण भएको स्थानको भग्नावशेषलाई हेर्दा यो आक्रमण इरानबाट प्रायोजित भएको प्रष्ट हुने बताएका छन् ।
ती हतियार कहाँबाट प्रहार भएको हो भन्ने बारेमा भने साउदी अरेबियाको रक्षा मन्त्रालयले केही पनि बताएको छैन । अमेरिकी विदेशमन्त्री माइक पम्पेओ बुधबार साउदी अरेबिया पुगेका छन् र उनले युवराज मोहम्मद बिन सलमानसँग कुराकानी गर्ने जनाइएको छ । (बीबीसी)