काठमाडौं । मुलुकभर पछिल्लो समय सातहजार बढी डेंगुका बिरामी देखा परेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै करिब ६ हजारको हाराहारीमा डेंगुका बिरामी रहेको जानकारी दिएको भए पनि बुधबारसम्म सात हजार बढी नाघिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
केही बिरामीमा सुरुमै लक्षण शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोृरजस्तो डाबरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तश्राव हुने हुन्छ ।
बच्ने उपाय
–यो रोगबट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो ।
–पुरा शरीर ढाकिने गरी कपडा लगाउने
–लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
–घरवरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने
–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
लामखुट्टेले फुल पार्ने ठाउँमा फुल पार्न नदिन गर्नुपर्ने उपायः
–पानी राख्ने भाँडाहरु जस्तैः पानी टेङ्की, गाग्री, दहीको कतारो, बाल्टिन, डम आदि सधैं छोपेर राख्ने