Birgunj sanjal | मेयर पदका उम्मेदवारहरू | Birgunj sanjal | पार्टी चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | राजेशमान सिंह | ![]() | छाता | 24964 |
![]() | विजयकुमार सरावगी | ![]() | सुर्य | 12874 |
![]() | गिरीश गिरी | ![]() | हलो | 1546 |
Birgunj sanjal | उपप्रमुख पदका उम्मेदवारहरू | Birgunj sanjal | चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | इम्तियाज आलम | ![]() | गाछी | 17404 |
![]() | पुरुषोतमलाल झा | ![]() | साइकल | 3747 |
![]() | बिना जैसबाल | ![]() | हलो | 2758 |
![]() | रम्भा मिश्रा | ![]() | गुलाफ | 2283 |
एजेन्सी । नेपालमा शनिबार एकदिन मात्र बिदा भएजस्तै अन्य देशहरुमा हप्तामा दुईदिन बिदा दिने गरिएको छ । विशेषगरी पश्चिमी राष्ट्रहरुमा हप्तामा पाँचदिन मात्र काम गर्नुपर्ने नियमै रहेको छ । तर अझै पनि कामदारहरु यसबाट सन्तुष्ट छैनन् र धेरैलाई यो बिदा छोटो लाग्ने गरेको छ । यस्तोमा हप्तामा चारदिन मात्र काम गर्नुपरेमा कर्मचारी र कार्यालयमा यसको कस्तो असर पर्छ भन्नेबारे अनुसन्धान गर्न न्युजिल्यान्ड र स्वीडेनले एउटा परीक्षण गरेका हुन् ।
जसमा कामदारहरु धेरै बिदा पाउँदा अत्यन्तै खुसी, स्वस्थ, काम गर्न अझ बढी प्रेरित र पहिलेभन्दा धेरै उत्पादक भएको पाइएको हो । तर के हप्तामा चारदिन मात्र काम गर्ने नीति वास्तविक जीवनमा व्यवहारिक हुन सक्छ ?यसरी थोरै समय मात्र काम गर्दा प्रतिघण्टाको उत्पादकत्व वृद्धि भएपनि कूल उत्पादनमा भने गिरावट आउन सक्ने बताइएको छ । हप्तामा पाँचदिन काम गर्ने प्रणाली सबैभन्दा पहिले २० औँ शताब्दीका उद्योगपति हेनरी फोर्डले ल्याएका थिए ।यसपछि अमेरिकाले सन् १९४० देखि यसलाई कानुनी घोषणा गरेको हो तर अन्य देशहरु भने यो नियम लागु गर्नमा धेरै ढिलाइ गरेको देखिएको छ ।
जस्तै चीनले सन् १९९५ देखि मात्र कामदारलाई हप्तामा दुई दिन छुट्टी दिन थालेको हो । यता हप्तामा चार दिन मात्र काम गराउनुपर्ने सम्बन्धी वकालत गर्नेहरुले भने यो निती कार्यालयसँग नभएर कामदारहरुको जीवनको गुणस्तर बढाउनेसँग सम्बन्धित रहेको बताउने गरेका छन् । हाल विकसित देशहरुमा काम गर्ने समय कम हुँदै गइरहेको पाइन्छ । तर अझै हप्तामा चारदिन मात्र काम गर्नु धनी देशहरुका लागि समेत व्यवहारिक हुन कठिन रहेको देखिएको हो । – द इकोनोमिस्ट