ह्याकिङले सम्पत्ति र जीवन दुबैलाई जोखिममा पार्दैछ !
वीरगंज संजाल
२ आश्विन २०७६, बिहीबार ०७:५६
४६९३
एजेन्सी । माछा पालिने ट्याङ्कमार्फत् क्यासिनोको प्रणालीमा प्रवेश गर्नु अत्यन्तै असाधारण घटना लाग्न सक्छ । तर सन् २०१७ मा अमेरिकामा माछाको ट्याङ्कमार्फत केही ह्याकरहरुले क्यासिनोका संवेदनशील प्रणालीमा प्रवेश गरेका हुन् । फिनल्यान्डका ती ह्याकरहरुले करिब १० जिबीको डाटा हासिल गर्दै क्यासिनोको नेटवर्कलाई अवरुद्ध गरेका थिए ।
कम्प्युटर प्रणाली नियन्त्रण गर्नु वास्तवमा सहज कुरा होइन । तरपनि बांग्लादेशको केन्द्रिय बैंकदेखि अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी सम्मका संस्थाले ह्याकिङको सामना गरिसकेका छन् । यस्तोमा धेरै भन्दा धेरै क्षेत्र कम्प्युटरसँग जोड्नुले यस्ता घटना अझ बढ्दै जाने अनुमान गर्न सकिन्छ ।
डार्कट्रेसका टेक्नोलोजी डिरेक्टर डेभिड पार्मरका अनुसार एकै देशका दुई कम्पनीबीच जासुसीका लागि पनि नेटवर्क ह्याकिङ हुने गरेको छ । यसमा फिङ्गर प्रिन्ट प्रणालीदेखि अस्पताल विभागको फ्याक्स मसिन सम्मलाई लक्षित गरिन्छ । यी बाहेकका ठुल्ठुला ह्याकिङहरु त सामाचारमा पनि बारम्बार आइरहने गरेका छन् । सन् २०१६ मा मात्र अमेरिकाका लाखौँ मानिसहरुले ट्वीटर, अमेजोन, नेटफ्लिक्स, रेडिट चलाउनमा कठिनाइ सामना गर्नुपर्यो ।
‘मिराइ’ नामक भाइरसका कारण प्रयोगकर्ताहरुले सो समस्या भोग्नुपरेको थियो । सो भाइरसले घरका सिसिटिभी क्यामरादेखि स्मार्ट एनर्जी मिटरसम्म हजारौँ डिभाइसलाई प्रभावित गरिसकेको छ । त्यसैले पनि कम्प्युटर भौतिक संसारसँग जोडिदै जानुले यस्ता हमलालाई जीवन र सम्पति दुवै जोखिममा पार्ने झन ठूलो मौका दिनेछ ।
सन् २०१५ मा ट्वीटरका सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताहरुले साइबर सुरक्षा फर्मसँग मिलेर एउटा प्राविधिक ह्याकिङ प्रीक्रयाको नमुना प्रस्तुत गरेका थिए जसमा एउटा गुडिरहेको गाडीलाई कम्प्युटरमार्फत ह्याक गरि नियन्त्रणमा लिइएको हो । उनीहरुले गाडीको ‘स्टेरियो’ अन गर्नुका साथै सिसाको ‘वाइपर’ चलाउन, इन्जिन समेत बन्द गरे भने ब्रेक लगाउन र कतिपय अवस्थामा ‘स्टिरीङ ह्वील’ घुमाउन पनि सफल भएका हुन् ।
यसको नजिता स्वरुप कारका निर्माणकर्ता फिआट क्रिस्लरले १४ लाख गाडीको कारोबारमा रोक लगाउने निर्णय गरेका हुन् । तिनै अनुसन्धानकर्ताहरुले इन्सुलिन पम्प लगायत मेडिकल डिभाइसहरु पनि ह्याक गरेर देखाएका थिए । यसरी इन्सुलिन पम्प ह्याक भएमा कसैको ज्यान पनि जान सक्छ ।
तर ह्याकिङ बढ्दै जानुले यसलाई रोक्ने विरोधी प्रणालीको उत्पति पनि गराइरहेको छ । किनकी कम्पनीहरु पनि यसका खतराबारे राम्रोसँग जानकार छन् । ठुल्ठुला व्यवसायिक कम्पनीहरुले नयाँ प्रविधि अपनाउन हिचकिचाउनुका पछाडिको सिङ्गो ठूलो कारण ह्याकिङ नै भएको बताइएको छ ।
अर्कोतर्फ उपभोक्ता पनि चिन्तित छन् । त्यसैगरी सरकार पनि यसमा संलग्न भइरहेको छ । सन् २०१७ मा मात्र अमेरिकी खाद्य तथा औषधि विभागले पहिलो साइबर सुरक्षा सम्बन्धी उत्पादन नल्याउने निर्णय गरेको थियो । ह्याकरहरु माझ सो उत्पादन संवेदनशील हुने पत्ता लगाएपछि विभागले त्यस्तो निर्णय लिएको हो । त्यही वर्ष क्यालिफोर्निया पनि डिफल्ट पासवर्डको प्रयोग निषेध गर्ने पहिलो अमेरिकी स्टेट बनेको थियो । यता बेलायती सरकारले पनि निर्माणकर्ताहरुलाई सुरक्षा सम्बन्धी अपडेट गराउनैपर्ने नियम राखेको छ । द इकोनोमिस्टबाट