• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    गत वर्षभन्दा डिजेलको मूल्य ६ रुपैयाँ घट्यो तर भाडा घटेन

  • वीरगंज संजाल
  • २ आश्विन २०७६, बिहीबार ०७:५१
  • १४७९

    Shares

    काठमाडौं । डिजेलको मूल्य घटे पनि सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छैन । अघिल्लो वर्ष दसैंको समयमा डिजेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ थियो । अहिले ९५ रुपैयाँ छ । डिजेलको मूल्य घटे पनि यातायात व्यवसायीले साविककै भाडादर कायम गरेर असोज पाँच गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने बताएका छन् ।

    अघिल्ला वर्षका दसैंको मुखमा जस्तै सरकारलाई सवारीको भाडादर बढाउन दबाब सिर्जना गर्न ठिक्क परेर बसेका यातायात व्यवसायी २४ भदौबाट डिजेलको मूल्य घटेपछि रातारात यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर आफूहरु चाँडै अग्रिम टिकट बुकिङ खोल्न सहमत देखिएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    “अघिल्ला वर्षका दसैंमा व्यवसायीलाई दसैंको टिकट खोल्नका लागि विभागले ताकेता गर्नुपर्थ्यो । तर यसपालि उहाँहरु विभागमा सजिलै आउनु भयो,” यातायात व्यवस्था विभागका एक कर्मचारी भन्छन्, “व्यवसायीहरुले भाडा नबढाई टिकट खोल्छौं भनेर सहमति गर्नुभयो । तर डिजेलको मूल्य घटेकोबारे कसैले प्रश्न उठाएन ।”

    यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच २६ गते भएको सहमतिअनुसार असोज पाँच गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । अघिल्लो वर्ष असोज सात गते लामो दूरीमा चल्ने सवारीको भाडादरमा १० प्रतिशत भाडा बढाएपछि मात्र यातायात व्यवसायीहरु अग्रिम टिकट खुलाउन सहमत भएका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    कम्पनीमा दर्ता भएका यातायात कम्पनीले असोज १ बाट नै टिकट खुलाए पनि सरकारले सिन्डिकेट खारेज गरेको निहुँमा यातायात संघ, समितिले टिकट खुलाउन ढिलाइ गरेका थिए । तर, यसपालि अग्रिम टिकट खुलाउन व्यवसायीले भाडादर बढाउने शर्त तेर्स्याएनन् ।

    विभागको वेबसाइटमा पुरानै भाडादर

    डिजेलको मूल्य घटेअनुसार विभागले पनि सवारीको भाडादर समायोजन गरेको छैन । सवारीको भाडादरबारे सर्वसाधारणलाई सहजै जानकारी दिने उद्देश्यले यातायात व्यवस्था विभागले आफ्नो वेबसाइटमा पनि एक वर्ष पुरानै भाडादर हालसम्म कायम राखेको छ ।

    विभागले समयमै वैज्ञानिक भाडादर नतोक्दा उपत्यकाबाट दसैं मनाउन विभिन्न जिल्ला बाहिरिने करिब २० लाख सर्वसाधारणलाई चालक, सहचालकले भनेजति नै भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । ०६९ सालदेखि सार्वजनिक सवारी साधनको भाडादर वैज्ञानिक समायोजन हुन सकेको छैन । हालको दसैंमा सोही भाडादरमा टिकट उपलब्ध गराउने व्यवसायीले बताएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    “वैज्ञानिक भाडा समायोजन चाहने यातायात व्यवसायीहरुले सधैं दसैंको बेला भाडा बढाएर मात्र टिकट खोल्छौं भन्नु वैज्ञानिक होइन । यसपालि त्यस्तो छैन । पोहोरकै भाडादरमा टिकट पाइने छ,” यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।

    बीच बाटोमा भाडा उठाए कारबाहीः ट्राफिक प्रहरी

    गन्तव्यसम्म पुग्न आवश्यक भाडादरमा टिकट बिक्री गरिसकेपछि बीच बाटोमा पुगेर थप भाडा उठाउने सवारी चालकलाई कारबाही गरिने प्रहरीले बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालै पत्रकार सम्पन्न गर्दै यस्तो जानकारी दिएको हो ।

    “तोकेको भाडादरमा टिकट काटेपछि फेरि बीचबाटोमा पुगेर थप भाडा माग्ने सवारीलाई कारबाही गरिनेछ,” महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    यात्रुसँग बढी भाडा असुल्ने सवारीलाई रुट इजाजत खारेजसम्मको कारबाही गरिने बताउँदै उपत्यकाबाट छुट्ने लामो दुरीका सवारी चालक वा सहचालकले यस्तो व्यवहार गरे तत्कालै प्रहरीलाई खबर गर्न महाशाखाले जानकारी गराएको छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु
  • आज मंगलवार – ०६ माघ २०७७ को राशिफल
  • प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन
  • यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू

    एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर

    यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?

    खेलकुद सम्बन्धी ट्वीट गर्ने प्रयोगकर्ता ७५ प्रतिशतले बढे

    अनार खाँदा हृदयघातको खतरालाई कम गर्न सकिन्छ

    निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

    नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू

    एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    समाचार
    News

    भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

    News

    आज मंगलवार – ०६ माघ २०७७ को राशिफल

    News

    प्रतिनिधिसभा विघटन : राजनीतिक मुद्दा भनेर अदालत पन्छिन मिल्दैन

    News

    यी हुन् संसारका सबभन्दा खतरनाक सडकहरू

    News

    एन्ड्रोइडका सिक्रेट २५ कोड, जसबाट देखिन्छ फाेनमा लुकेका फिचर


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑