सुक्दै स्रोत : राजस्वको लक्ष्यभन्दा सरकार निकै पछाडि
वीरगंज संजाल
२ आश्विन २०७६, बिहीबार ०७:३६
२५३७
काठमाडौं । चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्षदेखि नै सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ ।
बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।
गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा एक खर्ब ८६ अर्ब ६७ करोड रुपैयाँ मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा पुष्पराज आचार्यले लेखेका छन् ।