• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ६२२ जनाको मृत्युपछि फिलिपिन्समा राष्ट्रिय डेंगु महामारी घोषणा

  • वीरगंज संजाल
  • १ आश्विन २०७६, बुधबार ०७:३४
  • ५००७

    एजेन्सी । फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन गत वर्षको तुलनामा ९८ प्रतिशत वृद्धि भएको बताइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर लाखौँ मानिस डेंगुबाट संक्रमित हुने गरेका छन् र पाँच लाखमा अस्पताल नै भर्ना गर्नुपर्नेगरी गम्भीर लक्षण देखा पर्छ भने १२ हजार भन्दा धेरैको यसैकारण मृत्यु हुने गरेको छ । यस्तोमा फिलिपिन्सले गत महिनामा मात्र ४५० जनाको मृत्युपछि डेंगु सम्बन्धी राष्ट्रिय अर्लट घोषणा गरेको थियो । यस्तोमा एक महिनामै थप दुईसय जनाको मृत्यु भएपछि यसलाई राष्ट्रिय महामारी घोषणा गरिएको हो । सरकारी अधिकारीहरुले केही निश्चित क्षेत्रमा यसको जोखिम बढी रहेको बताएका छन् । यस्तोमा सरकारी निकायहरुलाई यसका जोखिमबारे राम्रो पहिचान गर्न मद्दत गर्नका लागि सो घोषणा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    स्वास्थ्य सचिव फ्रान्सिस्को डोकले आफ्नो बयानमा भनेका छन्, “महामारी घोषित गर्नुले निश्चित क्षेत्रको पत्ता लगाइ त्यही अनुसार स्थानीयहरुले प्रतिक्रिया जनाउन आवश्यक छ । ”

    देशका १७ मध्ये सात क्षेत्रमा महामारी घोषणा गरिएको छ जहाँ ४ करोड बढी मानिस अर्थात देशभरका ४० प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । पत्रकार सम्मेलनमा मन्त्रीले प्रति हप्ता ५ हजार भन्दा धेरै डेंगुका घटना भइरहेको बताएका हुन् । गत जुलाइदेखि नै स्वास्थ्य अधिकारीहरुले यस भाइरल संक्रमण फैलनबाट रोक्न सयौँका सङ्ख्यामा डाक्टर र नर्सहरु संक्रमित क्षेत्रमा तैनाथ गराइसकेका छन् र आपत्कालिन कोष पनि प्रदान गराइरहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    फ्रेन्च कम्पनी सानोफी पेटिओरले २०१६ मा डेंगु नियन्त्रणको पहिलो सुइ, ‘डेङभ्याक्सिया’ निर्माण गरेको थियो जसलाई प्रयोजनका लागि स्वीकृत गर्ने फिलिपिन्स पहिलो एसियाली राष्ट्र बनेको थियो । यसबीच सरकारी खोप कार्यक्रम अन्र्तगत सो औषधि आठ लाख विद्यार्थीहरुमा वितरण गरिएको हो । तर सन् २०१७ मा गएर त्यसले गैर–संक्रमित बिरामीमा अनावश्यक प्रभाव पार्न सक्ने क्लिनिकल परीक्षणमा पत्ता लागेपछि यसको प्रयोमा रोक लगाइएको हो । सरकारले अझै यसका असर सम्बन्धी अनुसन्धान गरिरहेको बताएको छ । यसरी डेंगु महामारीका घटना फिलिपिन्समा हरेक तीनदेखि चार वर्षमा दोहोरिरहने गरेका छन् तर २०१६ यता यसले ठूलो रुप लिँदै गइरहेको पाइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    गत हप्ता बांग्लादेशमा पनि २४ घण्टामै एकहजार जना मानिसमा डेंगु भेटिएको थियो जसपछि अहिले अस्पतालहरु बिरामीले भरिभराउ भएका छन् । ती एकहजार जनामा अधिकांश बालबालिका रहेको बताइएको छ । जनवरीदेखि हालसम्म यसका कारण आठजनाको मृत्यु भइसकेको छ भने १३,६०० भन्दा बढी संक्रमित छन् । जुलाई महिनामा मात्र आठहजार बढी डेंगुका घटना रेर्कड गरिएको हो । सरकारले यसलाई हालसम्मकै भयानक महामारी बताएको छ ।  सीएनएनबाट

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑