• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    स्वस्थ हुन कुन खानेकुरा कति खाने ? कतिपय खानेकुरा चुरोट र मदिराजस्तै हुन्छन्

  • वीरगंज संजाल
  • १ आश्विन २०७६, बुधबार ०६:२०
  • ७१२५

    बीबीसी । हरेक वर्ष कम गुणस्तरको खानाकै कारण करोडौँ मानिसको असामयिक मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । लेनसेटमा गरिएको सो विश्लेषणमा हाम्रो खाना हामीले साचेभन्दा धेरै घातक र कतिपय अवस्थामा त चुरोट र मदिरा भन्दा हानिकारक साबित हुन सक्ने बताइएको छ ।

    अनुसन्धानका अनुसार विश्वमा पाँच मध्ये एक मानिसको दैनिक सेवन गर्ने डायटसँग सम्बन्धित कारणले मृत्यु हुने गरेको छ ।

    विशेषगरी हामीले प्रत्येक परिकारमा प्रयोग गर्ने नुनको, आयु कम गर्नमा सबैभन्दा ठूलो भूमिका रहने गरेको पाइएको छ जसले कम उमेरमै ह्दयको समस्या निम्त्याउने र क्यान्सर गराउने गर्दछ ।

    कुन–कुन खानेकुराको मात्रामा ध्यान दिनुपर्छ ? 

    ‘ग्लोबल बर्डन अफ डिजिज’ को अध्ययन अनुसार विश्वभर अधिकांश मानिसले खाने खाना उपयुक्त डायट भन्दा धेरै फरक रहेको पाइएको छ । विशेषगरी नुन, गेडागुडी र फलफुलको सन्तुलन नमिलेको डायटलाई सबैभन्दा खतरनाक मानिएको बताइएको छ । जस्तै २०१७ मा धेरै नुनयुक्त खानाकै कारण तीस लाख मानिसको मृत्यु भएको थियो भने कम गेडागुडी भएको खाना पनि थप तीस लाखको मृत्युको कारण बनेको बताइएको छ । यसैगरी एकदम थोरै फलफुल भएको डायटले पनि बीस लाख मानिसलाई मृत्युको मुखमा पुर्याएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    यता बदाम ओखर, सागसब्जी र समुद्री खानाबाट प्राप्त हुने ओमेगा–३ अनि फाइबरको कमीले पनि हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ । युनिभर्सिटी अफ वासिङटनका प्रोफेसर क्रिस्टोफर मुरे भन्छन्, “विश्वभर दैनिक लिइने गरेको डायट नै मानिसको स्वास्थ्य अवस्थाका लागि सबैभन्दा बढी जिम्मेवार हुन्छ ।”

    अनुचित डायटले कसरी लिँदैछ मानिसको ज्यान ?

    यसरी विश्वभर डायट सम्बन्धि भएका १ करोड अधिक मृत्युहरुमा अधिकतमको मृत्यु ह्दय सम्बन्धि रोगकै कारण भएको हुनाले पनि नुन सबैभन्दा ठूलो समस्या रहेको स्पष्ट भएको छ । किनकि धेरै नुन सेवन गर्नाले रक्तचापलाई अप्रत्यासित बृद्धि गराइ हृदयघातको सम्भावना प्रबल बनाउँछ । नुनले मुटु र रगत नलीहरुमा प्रत्यक्ष असर गर्न सक्ने हुनाले पनि यसप्रति गम्भीर ध्यान दिनुपर्ने बताइएको छ । तर गेडागुडी, सागसब्जी र फलफुलले भने त्यसको ठीक विपरित काम गर्दछ र मुटु सम्बन्धि समस्याबाट बचाउँदछ । यसपछि क्यानसर र मधुमेहका कारण हुने मृत्युयमा पनि हाम्रो खानेकुराको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

    हामीले कत्तिको उपयुक्त डायट लिइरहेका छौँ ?

    गेडागुडी र बदाम ओखर लगायतका दानाहरु प्रतिदिन २५ ग्राम सेवन गर्नुपर्छ । तर विश्वव्यापी रुपमा सबै देशले केबल ३ ग्राम मात्र खाने गरेको पाइएको छ । त्यस्तै हाम्रो शरीरलाई आवश्यक दैनिक ४४३ ग्राम दूध हामीले केबल ७१ ग्राम मात्र सेवन गरिरहेका छौँ । यसैगरी अनाज र गेडागुडी दैनिक १२६ ग्राम खानुपर्नेमा हामीले २९ ग्राम मात्र आफ्नो खानामा समावेश गरिरहेका छौँ । यता रातो मासु भने २२ ग्राम खानुपर्नेमा हामीले २७ ग्राम सेवन गरिरहेका छौँ । त्यस्तै नुन पनि दैीनक ३.२ ग्राम भन्दा बढी सेवन नगर्नुपर्ने भएपनि हामीले प्रत्येक दिन ६ ग्रामसम्म सेवन गरिरहेका छौँ । त्यस्तै ससेज लगायत प्रोसेस र प्याक गरिएको मासु केबल २.१ ग्राम मात्र खानु उचित हुन्छ तर औसतमा सबैले ४ ग्राम खाने गरेको पाइएको छ । यसरी विश्वभर स्वस्थ डायटमा छुट्ने गरेको सबैभन्दा महत्वपूर्ण खानेकुरा ‘नट्स’ अर्थात बदाम, काजु, ओखर लगायतका दानाहरु हुन् । तर सबैले यसलाई प्रमुख डायटका रुपमा नलिने चलन छ भने महङ्गाइका कारण पनि कम सेवन हुने गरेको पाइएको छ ।

    मासु र चिनी पनि शरीरका लागि आवश्यक खानेकुरा हुन् 

    पछिल्लो समय रातो मासुलाई क्यान्सरसँग जोडेर अनेकौँ शिर्षकमा समाचारहरु आइरहेका छन् । तर उचित मात्रामा खान सकेमा यिनै खानेकुरा अत्यन्तै लाभदायक साबित हुने प्रोफेसर मुरे बताउँछन् । उनका अनुसार यससँगै दानाहरु, गेडागुडी, सागसब्जी पनि उत्तिकै मात्रामा सेवन गरि सन्तुलित डायट लिन सके कहिल्यै कुनै हानि गर्नेछैन । त्यस्तै विश्वभर व्यापक रुपमा सेवन हुने गरेका ‘सफ्ट ड्रिङ्क्स’ पनि अनुपयुक्त डायटमा गनिन्छ ।वास्तवमा वैज्ञानिकहरुले के खानु हुँदैन भन्नेमा मात्र केन्द्रित नरहेर स्वस्थ खानेकुरा के हो भन्ने बारेमा पनि कुरा उठाउन जरुरी भइसकेको बताइएको छ ।

    तर अस्वस्थ भए पनि स्वादिष्ट खान खोज्नु कति ठीक हो ?

    अनुसन्धानकर्ताहरुका अनुसार खराब डायटले नै विश्वभर औसत आयु कम गराइरहेको छ । यस विषयमा मुरे भन्छन्, “वास्तवमा अस्वस्थ तर स्वादिष्ट खानुअघि हामीले यस्ता प्रश्नबारे विचार गर्नुपर्छ – के म ५० वर्षमै हृदयघातले मर्नेछु ? या मलाई ४० वर्षमै क्यान्सर हुनेछ ?”

    यसरी डायटसँग सम्बन्धित सबैभन्दा कम मृत्युदर भएका देशहरुमा फ्रान्स, इजरायल र स्पेन पर्दछन् भने दक्षिण पूर्वी र मध्य एसियामा यसको ठीक विपरित रहेको छ । विशेषगरी चीनमा अत्यन्तै चर्को खाने चलन रहेको हुँदा अस्वस्थ डायटका धेरै गम्भीर समस्याका रुपमा रहेको छ । जापानमा भने अधिक नुनको प्रयोगमा बिस्तारै कमी ल्याउन सुरु गरिएको छ, तरपनि उनीहरुको डायटमा धेरै सागसब्जी र फलफुल हुने गरेको प्रोफेसर मुरे बताउँछन् ।

    यस्तोमा सबैभन्दा पहिले त सबैले नुनलाई नै कम गर्नुपर्ने मुरेको सुझाव छ । तर स्वस्थ डायटमा गरिबीको पनि उत्तिकै भूमिका रहने गर्दछ । किनकि धेरै मानिससँग स्वस्थ भनिएका खाना खरिद गर्ने क्षमता हुँदैन भने सस्तो खाना अस्वस्थकर हुन्छ भन्ने प्रचार बढी हुने गरेको छ । तर क्षमता नभएकाहरुले उदाहरणका लागि ‘बाइ वान गेट वान’ मार्फत स्वस्थकर वस्तु खरिद गर्नु कुनै खराबी नहुने मुरेको भनाइ छ ।
    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑