काठमाडौ । सुन्दर नेपाल हेर्न आएका एक पर्यटकको ज्यान गएको छ । सोलुखुम्बुको मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एक पर्यटकको ज्यान गएको हो । ज्यान गुमाउनेमा भारतीय मूलका केन्याका नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ । झण्डै चार हजार २०० मिटरको उचाइमा लेक लागेर उनको ज्यान गएको प्रहरी निरीक्षक उत्तम कार्कीले पुष्टि गर्नुभयो ।
उहाँका अनुसार लेक लागेर बिरामी परेका अन्य ७ जना विदेशी र एक नेपालीसहित ८ जनाको उद्धार गरिएको छ । उनीहरुलाई कैलाश र डाइनेष्टि एअरका हेलिकप्टरबाट उद्धार गरीएको हो ।