• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    निजगढ नगरपालिकाले बकैया खोलालाई डम्पिङ साइट बनाउदै

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७६, मंगलवार १७:२४
  • ५७१५

    बारा |  निजगढबाट दैनिक नीस्किने फोहोरमैला अवैधरूपमा खोलामा डम्पिङ गर्ने गरेको पाइएको छ।
    राजमार्गआसपासका बस्तीबाट विसर्जित वस्तुलाई निजगढ नगरपालिकाले ट्याक्टर प्रयोग गरी दिनहँु खोलामा फाल्ने गरेको छ ।

    विगतमा सामुदायिक वन क्षेत्रको खाली स्थानमा फाल्ने गरिएको थियो। दुई वर्षअघि बकैया—नागमणि सामुदायिक वन उपभोक्ता समूहले रोकेको थियो। त्यसयता कहिले वन क्षेत्रमा त कहिले बकैया खोलाबगरमा नगरपालिकाले फोहोर प्mयाँक्ने गरेको छ।

    राजमार्गको निजगढ बकैया पुलदेखि ५ सय मिटर दक्षिणतर्फ फोहोरमैलाको डुङ्गुर छ। फोहोरको दुर्गन्धले बस्तीमा रोग फैलने खतरा बढेको छ।

    फोहोरमैला सिमिएको खोलाको पानी प्रयोग गर्दा रोगको महामारीसमेत फैलन सक्ने सम्भावना अधिक छ। खोलानाला, बगर, वन क्षेत्रमा फोहोर फालिनु कानूनीरूपमा अपराध ठहर्छ।

    फोहोरमैलाको उचित व्यवस्थापनमा निजगढ नगरपालिकाले खासै चासो राखेको पनि पाइँदैन। फोहोरबाट मोहोर बनाउने प्रविधिको प्रयोग गर्न सकिने भएपनि यसतर्पm जनप्रतिधिनिहरूको ध्यान जान नसकेको नगरवासीको गुनासो छ।
    करीब दुई वर्षयतादेखि नै दैनिक ६ ट्याक्टर फोहोर बकैया खोलाबगर र जङ्गलमा फाल्दै आइरहेको निजगढ नगरपालिका फोहोरमैला व्यवस्थापन इन्चार्ज अजय मल्लिकले बताए।

    यसैगरी, दिनहुँ मासु प्रयोजनका लागि निजगढमा काटिने राँगा, भैंसीको हाडखोर पनि वन क्षेत्रको छेवैमा थुपार्दै आइरहेको छ। थुपारिएको हाडखोरको दुर्गन्ध हावाले बस्तीसम्म पु¥याउने गरेको स्थानीयहरू बताउँछन्। दुर्गन्धको कारण तामागढीमा कोल्हवी, सपही, अधनवा, विजयपुर जाने यात्रुहरू बढी समस्यामा परेका छन्। दुर्गन्धको कारण नाक छोपेर हिंड्नुपर्ने बाध्यता छ।

    वन र राजमार्गनजीकै फालिएका पशुका हड्डी कुकुर र स्यालले यत्रतत्र छर्ने र बस्तीसम्म ल्याइ पु¥याउने गरेको नजीकका बासिन्दाहरूले बताए। “खोलापारि हड्डीको थुप्रो छ। कुकुरले बस्तीसम्म ल्याउँछ। अलि पर राखेको भए हुन्थ्यो। नगरपालिकाले वास्ता गर्दैन,” स्थानीयहरूको भनाइ थियो।

    आफूले पटकपटक खोलाबगर, वन क्षेत्रमा फोहोरमैला नफाल्न आग्रह गर्दै आइरहेको निजगढ सबडिभिजन वन कार्यालयका प्रमुख लालबहादुर चौधरीले बताए। “घरघरको शौचालयको सेफ्टी ट्याङ्कीको फोहोरसमेत ट्याक्टरमा ल्याइ वन क्षेत्रमा फाल्न आउने गर्छन्। त्यस्तालाई भेटाएसम्म रोकेको छु,” प्रमुख चौधरीले भने।

    फोहोरमैलाको उचित स्थानमा उचित व्यवस्थापन नगर्ने हो भने, विशेषगरी वर्षायाममा रोगको महामारी फैलिन सक्ने सम्भावना अधिक हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑