• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    सुदूरपश्चिम प्रदेशमै एउटा मात्र शव वाहन

  • वीरगंज संजाल
  • Sep 17, 2019, 10:11 am
  • ७१०३

    डडेल्धुरा: सुदूरपश्चिम प्रदेशभरि एउटा मात्र शव बाहन रहेको पाइएको छ। कैलालीको धनगढी उपमहानगरपालिकास्थित नेपाल रेडक्रस सोसाइटीमा रहेको एक मात्र शव वाहनले सिंगो सुदूरपश्चिमलाई धानेको छ।

    धनगढी बाहेक सुदूरपश्चिमका कुनै पनि स्थानमा शव वाहन नरहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका जनस्वाथ्य निरीक्षक रमेश मलासीले जानकारी दिए। ‘अहिले कुनै पनि जिल्ला अस्पतालसँग शव वाहन छैन,’ उनले भने, ‘यस वर्ष भने प्रदेश सरकारले विभिन्न जिल्लामा शव वाहन खरिद गर्न बजेट छुट्याएको छ।’

    चर्को मूल्य तिरेर निजी सवारीमा शव ओसार्न बाध्य
    सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये एउटासँग मात्र शव वाहन हुँदा यहाँका स्थानीयले निकै सास्ती खेप्नु परिरहेको छ। एक उपमहानगपालिका बाहेक ३३ नगरपालिका र ५४ गाउँपालिका भएको यस प्रदेशमा एक मात्र शव वाहन रहेकाले यहाँका नागरिक चर्को भाडा तिरेर निजी सवारीमा शव ओसार्न बाध्य छन्।

    प्रदेसभरमा एउटा मात्र शव वाहन हुनु दुखद भएको स्थानीयको भनाइ छ। जिल्लामा मात्र होइन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाउनुपर्ने बाध्यता रहेको छ।

    पहुँचवाला र धनीमानीले पैसा तिरेर साधन खोजे पनि गरिबहरुले भने समस्या झेल्नु परेको अजयमेरु गाउँपालिकाका पदम विकले बताए। उनले भने, ‘पहुँच भएकाहरु आफ्नो व्यवस्था मिलाइहाल्छन् तर गरिब, निमुखाहरुले भने आफन्तको मृत्यु भएपछि कि चर्को भाडा तिर्न बाध्य हुनुपर्छ कि डोको, बोरामा शव बोक्नुपर्ने अवस्था छ।’

    चिनजान नभएको सवारी धनीले शव बोक्न नमान्ने र मानिहाले पनि चर्को भाडा लिने गरेको स्थानीयहरु बताउँछन्। निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरु समस्यामा पर्ने गरेका छन्।

    ‘शव पोस्टमार्टम तथा संस्कार गर्नुपर्दा निकै समस्या हुन्छ,’ डडेल्धुराका लोकेन्द्र बिष्टले भने, ‘कुनै अप्रिय घटना, आत्महत्या, भैपरी आएका घटना, दुर्घटनामा कुनै शव परीक्षणमा समस्या पर्ने गरेको छ।’

    डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले शव वाहन किन्नको लागि स्थानीय प्रशासन तथा स्थानीय सरकार अग्रसर हुनुपर्ने बताए। उनले भने, ‘अस्पतालबाट एक ठाउँबाट अर्को ठाउँमा शव लैजान परिवारलाई गाह्रो हुने गर्छ। निजी गाडीले शव लैजान मान्दैन, लैजाने गाडीले दुईतीन गुणा बढी शुल्क लिन्छन्।’ स्वास्थ्यखबरबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑