दाइजोमा मोटरसाईकल खोई भन्दै श्रीमतिमाथि आक्रमण गर्ने विरुद्ध जाहेरी
वीरगंज संजाल
३० भाद्र २०७६, सोमबार २३:२०
५६०५
काठमाडौ : दाईजो नल्याएको निहुँमा पर्साकी एक महिलामाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । पर्सा जिल्लाको बिरगन्ज महानगरपािलका १० रानीघाट निवासी रञ्जु देवी शाहमाथि आफ्नै परिवारका सदस्यले कुटपिट गरी अचेत अवस्थामा पुर्याएका थिए ।
रञ्जुकी सासु जशोदादेवी र पति गोविन्दले रञ्जुलाई दाईजो नल्याएको भन्दै मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।रञ्जुका दाई रमेश बहिनीको घरमा पुदा बहिनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि नारायणी अस्पताल पुर्याईएको थियो ।
रञ्जुका दाजु रमेशका अनुसार सासु र पतिको कुटपिटबाट गंभिर घाईते भएकी रञ्जुलाई अस्पताल लान खोज्दा नदिएपछि रानीघाट प्रहरी चौकीबाट प्रहरीहरु आएपछि मात्रै अस्पताल लगिएको थियो । दाईजोमा मोटरसाईकल नदिएको निहुँमा बहिनी रञ्जुलाई निरन्तर यातना दिईएको दाजु रमेश बताउछन् ।
दाजु रमेशले पिडित रञ्जुका पति गोविन्द र जशोदादेवी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको पर्सा प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताएका छन् । शर्माले आवश्यक कारबाहीको प्रकृया अगाडी बढेको बताए ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका १२ सितलपुर माईती भएकी रञ्जुको बिरगन्ज महानगरपालिका रानीघाटका गोविन्दसँग २०६१ सालमा मागी विवाह भएको हो । विवाह भएदेखि नै रञ्जुमाथि दाईजो खोई भन्दै निरन्तर रुपमा पारिवारिक दबाब र हिंसा हुँदै आएको थियो ।