• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कर्णाली

    बाघले बढायो पर्यटक

  • वीरगंज संजाल
  • Sep 16, 2019, 11:13 pm
  • १०५५५

    बाँके : बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ ।

    सन् २०१३ मा बाघ गणना हुँदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो । छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ ।

    निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो । “निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण पर्यटक आउनेक्रम बढेको छ”, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भने।

    उनका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी सिकारी नियन्त्रण हुँदै गएपछि बाघको सङ्ख्या बढेको हो ।

    उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको सङ्ख्या बढ्दै गएको हो । पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए।

    “यहाँ बाघ, गैँडा, हात्ती सहजै देख्न सकिन्छ”, उनले भने, “वन्यजन्तु हेर्न मन पराउने पर्यटकको सङ्ख्या बढेको छ ।” निकुञ्जमा आव २०७५/०७६ मा १४८ नेपाली, ११ सार्क र एक विदेशीसहित १६० पर्यटकले निकञ्ज घुमेका छन् ।

    निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको सहायक संरक्षण अधिकृत थपलियाले बताए। आव २०७५÷०७६ मा रु एक करोड चार लाख ४९ हजार ९८२ राजस्व सङ्कलन भएको छ ।

    २०० मारिए, ४३१ को उद्धार

    निकुञ्जमा पछिल्लो तीन आर्थिक वर्षमा २०० वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७३/०७४ मा ८३ वटा, आव २०७४/०७५ मा ७२ वटा र आव २०७५/०७६ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताए।

    निकुञ्जले आव २०७५/०७६ मा ४३१ वटा र आव २०७४/०७५ मा ११ वटा वन्यजन्तु उद्धार गरेको छ ।

    निकुञ्जमा ५४ मुद्दा, ३७ अदालतमा

    वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ थान मुद्दा बाँके राष्ट्रिय निकुञ्जमा दर्ता भएका छन् । निकुञ्जमा दर्ता भएकामध्ये ३७ थान मुद्दा बाँके जिल्ला अदालतमा पठाइएको छ ।

    सत्र वटा निकुञ्जमा दर्ता भएका छन् । यी मुद्दा अदालतमा दर्ता भई विचाराधीन अवस्थामा छन् । निकुञ्जका अनुसार चोरी सिकार गरेको आरोपमा ३३८ जना पक्राउ परेका छन् ।

    आव २०७५/०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् भने १२७ व्यक्ति पक्राउ परेका छन् । अदालतमा दर्ता भएका मुद्दा फैसला भने हुन सकेका छैनन् ।

    निकुञ्जमा रहेका कतिपय मुद्दामा छलफल तथा बहस भए पनि मुद्दा फैसला हुन नसकेको निकुञ्जले जनाएको छ ।

    ७५ लाख क्षतिपूर्ति

    निकुञ्जमा दुई आवमा रु ७५ लाख २१ हजार ११४ वन्यजन्तुपीडितलाई उपलब्ध गराइएको छ । निकुञ्जमा रहेका वन्यजन्तुबाट भएको क्षतिबापत आव २०७४/०७५ मा रु १४ लाख २८ हजार ७२ र आव २०७५/०७६ मा रु ६० लाख ९३ हजार ४२ उपलब्ध गराइएको हो ।

    त्यस्तै आव २०७५/०७६ मा ४१८ घरधुरी र आव २०७४/०७५ मा ३०५ घरधुरीमा वन्यजन्तुले क्षति पु¥याएको निकुञ्जले जनाएको छ । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑