• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    बाँके खजुरा घटनाको वास्तविकता के हो ?

  • वीरगंज संजाल
  • Sep 16, 2019, 11:11 pm
  • १३८५१

    बाँके : खजुरा गाउँपालिका वडा नं. १ का भुवनसिंह थापा र असलम भाट नेपाली कांग्रेसका कार्यकर्ता हुन् । खजुरा गाउँपालिकाका बासिन्दा थापा र भाट एकअर्का विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा आरोप–प्रत्यारोपसहित उत्रिएपछि निज भुवन र अस्लमको विवाद भदौ २५ मा प्रहरी चौकीमा पुग्छ ।

    यसैक्रममा नेपाली काँग्रेसले भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित रेडक्रसको भवनमा जागरण अभियान कार्यक्रम सुरु गर्छ । केन्द्रीय प्रतिनिधि विद्या खनाल बोल्दाबोल्दै केही युवाहरु सो कार्यक्रममा प्रवेश गरी असलम भाटलाई खोज्न थाल्छन् । असलम भाट भने कार्यक्रममा भिडियो खिचिरहेका हुन्छन् । एकछिनमै होहल्ला सुरु हुँदा ‘तपाईहरु को हो, कार्यक्रम नबिथोल्नुस्, कार्यक्रम सकिएपछि कुरा गरौला’ भनेको सुनिन्छ ।

    अर्कोतिर ‘असलम भाट राधापुर चौकीमा बिहान ९.० बजे आउँछु भनेर ४ घण्टा कुर्दासम्म नआएपछि लिन आएका हौं’ भन्दै होहल्ला गरेको सुनिन्छ । कार्यक्रम स्थलमा एकले अर्कालाई हात हाल्ने काम कसैबाट पनि भएको छैन, तर एक्कासी नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालालाई हातमा हिर्काइयो र हातपात भयो भन्दै जोडजोडले कराएको आवाज आउँछ ।

    घटना यही हो । नेपाली काँग्रेसका कार्यकर्ता असलम भाटले सार्वजनिक गरेको भिडियोमा पनि आक्रमण भएको कही कतै देखिदैन । तर सभापति किरण कोइरालाले मलाई बेसरी हिर्काए भन्दै जोडले दाहिने हातले देब्रे हात समाएको देखिन्छ । त्यस्तो आक्रमण नभएको भिडियोले नै देखाएको छ ।

    सोही घटनालाई ठूलो रुप दिँदै नेपाली काँग्रेस, बाँकेले ‘किरण कोइरालाको हात भाँचियो, दर्जनौ कार्यकर्ता घाइते, सांघातिक आक्रमण भयो, नेकपाका कार्यकर्ता, जो सरकारबाटै संचालित छन्, द्वारा गरिएको आक्रमण’ भनेर पत्रकार सम्मेलन गरे । बहानामा अरुको शान्तिपूर्ण सभामा प्रवेश गरेर होहोल्ला गर्न पाइँदैन भन्ने थियो, यसलाई राजनीतिकरण गरी झुट्ठा र भ्रामक बनाउन जरुरी छैन । सांघातिक आक्रमण, १२÷१३ जना घाइते भनी पत्रकार सम्मेलन गरे पनि त्यसको पुष्टि भने हुनै सक्दैन ।

    कुनै पनि बाहानामा सभास्थलमा घुस्न नहुने हो, उनीहरु घुसे गल्ती सोझै छ । यसमा कसैको दुई मत छैन । तर नभएको कुरालाई सांघातिक आक्रमण भनेर अनर्गल प्रचार गरियो, घटनालाई ठूलो रुप दिइएको छ । यसले अगाडिका दिनमा कस्तो वातावरण बन्ला । जो कोही पनि वास्तविकता र सत्यमा जानु पर्छ ।

    अब आयो, सभापति किरण कोइरालाको हात भाँचिएको कुरा । प्रहरीले नेपालगन्जसम्म ल्याएर छोडेको छ । त्यतिञ्जेल ठीकै थियो पनि । तर केही क्षणपछि हातमा प्लाष्टर लिएर सभापति किरण कोइरालासहित पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा सबैको मनोविज्ञान अर्कै बन्न गयो । वास्तवमा पार्टीगत कुनै कुरा होइन, बसेर समाधान गर्नुपथ्र्यो । पछि सबै ‘तैं चूप मै चूप’ हुन गए । सभापति किरण कोइरालाको मेडिकल चेकअप प्रहरीको निगरानीमा हुनु पथ्र्यो । किन गरिएन ?

    भदौ २६ गते साढे चार बजे पत्रकार सम्मेलन गरियो । संचार माध्यममा नेकपाका कार्यकर्ताको आक्रमणबाट बाँके सभापति किरण कोइरालाको हात भाँचियो भनी प्रचार भयो । स्थानीय, राष्ट्रिय मिडिया मात्र होइन, सामाजिक संजालमा पनि भाइरल सुरु भयो ।

    भोलिपल्ट बिहान नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र अशोक कोइरालाले आफ्नै ढंगबाट सभापति कोइरालालाई भेटेर पार्टीको कुनै पनि नीति र नियत होइन, गलत भयो भनेर भनेका छन् । फेरि विज्ञप्ति प्रकाशित गरेर दुईपार्टी बीचको सहकार्य अझै आवश्यक छ, सहकार्यमै अगाडि जानुपर्छ भनिएको छ । सभामा प्रवेश गर्नु गलत भयो भनी स्वीकार गरिएको छ ।

    प्रहरीले सभामा प्रवेश गरी होहल्ला मच्चाउने तीन जनालाई आवश्यक कारवाहीका लागि पक्राउ पनि गरिसकेको छ । काँग्रेसले भए÷नभएका मान्छेका नाममा मुद्दा दर्ता गराउन खोज्दैछ । यो मुद्दालाई देश व्यापी गराउने, संसद चल्न नदिने जस्तो कुरा गरिरहेको छ ।

    घटनाको वास्तविकतामा जान जरुरी छ । कांग्रेसी कार्यकर्ता भुवनसिंह थापा र असलम भाटको बीचमा भएको कुरा के हो ? ती दुई जनाको लडाइँमा मिसिएका केही नेकपाका कार्यकर्तालाई मुद्दा लगाउने कुरा गरिरहँदा घटनाको वास्तविकतामा जान जरुरी छ कि छैन ? प्रहरीको भूमिकालाई दोष दिएको देखिन्छ । प्रहरीलाई कार्यक्रममा सुरक्षा दिन माग पनि गरिएको थिएन । कार्यक्रममा होहल्ला चलेपछि प्रहरीले थप फोर्स मागेको थियो ।

    घटना घट्नु आफैमा दुखद हो । तर, घट्ना भएपछि यसको वास्तविकता बाहिर ल्याउनु पर्छ । घटनाबारे अरुलाई भ्रममा राख्नु राम्रो हुँदैन । वास्तविकताबाट सबै कुरा छर्लङ्ग हुन्छ । पक्षविपक्षका कुराले यथार्थता बाहिर ल्याउँदैन । सत्य, तथ्य पत्ता लगाई बाहिर ल्याउन मानवअधिकारकर्मी र पत्रकारले आफ्नो भूमिका र दायित्वलाई बिर्सिनु हुँदैन ।

    अरुको सभामा पुगेर जसरी होहल्ला भयो । यसको नैतिक जिम्मेवारी नेकपाले लिएको छ । जुन उद्देश्यले गए पनि गलत थियो भनेर नेतृत्वले भेटेर, औपचारिक रुपमा पत्रकार सम्मेलनसहित प्रेस विज्ञप्ति पनि जारी गरेको छ । लोकतन्त्रको स्थापना, संविधान निर्माण र जारीपछि हाल यसको कार्यान्वयनमा यी पार्टीहरुको सहकार्य जरुरी छ ।

    देश बनाउन हिंडेका पार्टीहरु वास्तविकता तोडमोड गरेर लड्न थाल्ने हो भने अर्को पक्षको प्रवेश निश्चित छ । यो मुद्दा राजनीतिकरण भइसकेकाले राजनीतिक रुपमै टुङ्याउँदा बेस होला । अहिलेसम्म जो जो ले जे गल्ती र कमजोरी गरे त्यो आत्मालाई साक्षी राखेर आगामी दिनमा नदो¥याउन र घटनामा वास्तविक दोषी देखिएकालाई कानूनी दायरामा ल्याउँदै कानूनी शासनको प्रत्याभूयति गराउँदै समग्र बाँकेको विकास र सभ्यतामा अगाडि रहेको खजुरा र खजुराबासीका लागि आपसी सहकार्य र समझदारीबाटै समाधान गरेर एउटा उदाहरण प्रस्तुत गर्न सबैले छाती ठूलो बनाउनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑