• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    समयमै काम नसकिदा सुदूरपश्चिमका ३७ पुल लथालिंग, जनतालाई सास्ती

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २२:५५
  • ५९८७

    धनगढी : सुदूरपश्चिमका ९ जिल्लामा तीन अर्ब रुपैयाँ लागतका पुल अलपत्र छन्। ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ। सम्झौताअनुसार समयमा काम नसक्ने अनि म्याद थप्ने प्रवृत्ति बढिरहँदा विकट क्षेत्रका बस्ती विकास निर्माणमा पछि धकेलिएको छ। अधिकांश पुल निर्माणमा ठेकेदारसँग दुई पटकभन्दा बढी म्याद थपिएको छ।

    मोहना नदीमा निर्माणाधीन राजघाट पुलका लागि ठेकेदारसँग दुई पटक थपिएको म्याद असारमा सकिएको छ। साढे ८ करोड लागतमा बनिरहेको पुलको ५५ प्रतिशत मात्रै काम भएको छ। एलाइड एडभेन्चर निर्माण कम्पनीले तेस्रोपटक म्याद थपका लागि निवेदन दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्रराज पन्तले बताए।

    धनगढी उपमहानगरपालिका–२ साइली कटान नालामा निर्माण भइरहेको पुलको पनि म्याद सकिएको छ। एमके कन्स्ट्रक्सन निर्माण कम्पनीले आव ०७३÷०७४ मा चार करोडमा सम्झौता गरेको पुलको दुई वर्षमा ६० प्रतिशत निर्माण भएको छ।

    हुलाकी सडकअन्तर्गत कान्द्रा नदीमा निर्माण भइरहेको पुल पनि अधुरो छ। यो पुल लामा शेर्पा बिरुवा जेबीले २०६८ मा निर्माण सुरु गरेको हो। चार करोड ४२ लाख लागतको पुल निर्माणका लागि दुईपटक म्याद थप्दा पनि प्रगति ३५ प्रतिशतमात्र भएको इन्जिनियर पदम मडैले बताए।

    कञ्चनपुरका १३ पुल अलपत्र

    सडक डिभिजन कार्यालय कञ्चनपुरअन्तर्गतका एक अर्ब साढे ५ करोडका पुलको म्याद सकिएको छ। चार वर्षअघि कञ्चनपुरको लालझाँडीको नौरंगा, शंकरपुर, कञ्ज, कस्बालगायतका गाउँलाई जोड्न २०७२ पुसमा डिभिजन सडक कार्यालय कञ्चनपुरले लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसित सम्झौता गरेको थियो। २४ करोड ५३ लाख रुपैयाँ लागतको यो पुल अझै बनिसकेको छैन।

    बंक नायल बुडर सडक खण्डअन्तर्गत खार खोला र ओदाली खोलामा पुल निर्माण सम्झौता सकिएको डेढ वर्ष बित्दासमेत पिल्लर मात्रै बनेको छ। थेगिम गाल्वा कन्स्ट्रक्सनले २०७४ फागुनमा काम सक्नुपर्ने थियो। खार खोलामा ६ करोड ५९ लाख ६७ हजार र ओदाल खोलामा ५ करोड ४७ लाख ४ हजारमा २०७३ भदौ १७ मा थेगिम गाल्वा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो।

    कञ्चनपुरकै दैजी–बेल्डाँडी सडकअन्तर्गत बल्मा नदीमा निर्माणाधीन पुलको सम्झौताको म्याद २०७४ को पुस २६ मै सकिएको हो। पुल निर्माणका लागि एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले ६ करोड ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो  ।

    गोबरिया खोलामा पुल निर्माणका लागि २०७४ वैशाखमा रोयल कन्स्ट्रक्सन कैलालीसँग ४ करोड ३ लाखमा सम्झौता भए पनि काम अधुरै छ। ०७६ वैशाखमा काम सम्पन्न गर्ने गरी भएको सम्झौताको म्याद सकिएको छ। शुक्लाफाँटा नगरपालिका झलारी पीपलाडी जोड्ने चितौरा खोलामा २०७४ जेठमा जस्मिन भौनेली निर्माण सेवाले ०७६ वैशाखमा काम सम्पन्न गर्ने गरी ४ करोड १६ लाख गरेको सम्झौता पनि सकिएको छ।

    वेदकोट नगरपालिका भम्का–जडेपानी जोड्ने पथरिया नालाको पुल ०७६ वैशाखमा सम्पन्न गरिसक्नुपर्ने थियो। पुल निर्माणका लागि राजेन्द्र मालिका जेभीसँग २०७४ वैशाखमा ४ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो। १५ करोड ४३ लाख लागतमा मुसेपानी खोला पुल पनि म्याद सकिन लाग्दा सम्पन्न भएको छैन। २०७१ वैशाखमा भएको ठेक्का सम्झौता ०७६ जेठमा म्याद सकिएको हो।

    वेदकोट खोलामा वैशाखमा सम्पन्न गरिसक्नुपर्ने पुलको पनि निर्माण अधुरै छ। २०७४ जेठमा राजेन्द्र मालिका सिद्धनाथ जेभीसँग ३ करोड ७९ लाखमा ठेक्का सम्झौता भएको थियो। वेदकोट नगरपालिकाकै जडेपानी खोलामा राजेन्द्र उग्रतारा जेभीले २०७४ जेठमा ३ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको पुल अधुरै छोडेको छ।

    दोधाराचाँदनीको जोगबुढा नदी पुलले पनि पूर्णता पाएको छैन। २०७४ जेठमा सपना केएम जेभीसँग १८ करोड ३४ लाखमा ठेक्का सम्झौता भए पनि समयमै काम सम्पन्न हुन नसकेको हो। भीमदत्त नगरपालिकाको भासी खोला पुल पनि अधुरै छ। २०७४ भदौमा गौरी पार्वती निर्माण सेवासँग ०७६ असारमा काम सक्ने गरी २ करोड ९८ लाखमा ठेक्का सम्झौता भएको थियो।

    चार करोड ६० लाखमा कन्कटी खोलामा पुल बनाउन २०७४ असारमा दिवा महरा जेभीसँग सम्झौता भएकोमा पुल निर्माण अधुरै रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए।

    सेतीका सबै पुल अधुरा

    १० वर्षअघि ठेक्का सम्झौता भएको बझाङको तल्कोट गाउँपालिकाको देवसैन पक्की पुल निर्माण अलपत्र छ। सदरमुकाम चैनपुरमा रहेको पानकोट पक्की पुलमा पिलर मात्रै बनेका छन्। झनाना पक्की पुलमा पनि तीन वटा पिलर बनेका छन्। रायलको सिमार जोड्ने सेती नदीकै पक्की पुल निर्माण २५ प्रतिशत मात्रै भएको छ। याथुङहाङ निर्माण कम्पनीले १२ करोडमा ठेक्का सम्झौता गरेको पुलमा ठेकेदारले काम रोक्दै म्याद थप्दै आएको छ।

    चैनपुरनजिकै रहेको पानकोट पुल निर्माणको जिम्मा लिएको जागृति निर्माण सेवाले डिजाइन स्टमेटअनुसारको काम गर्न नसकेपछि डिजाइन परिवर्तन गरी अर्कै कम्पनीलाई ठेक्का दिएको इन्जिनियर हरिशंकर जोशीले बताए। पुलको लागत ११ करोड छ।

    बझाङकै तमेलमा के एस निर्माण कम्पनीले जिम्मा लिएको १३ करोड लागतको पुल र कालिका चन्दा एन्ड वसन्त जेभीले ठेक्का लिएको १५ करोड लागतको रायलको पुल निर्माण पनि अलपत्र छ।

    अछामका पाँच पुल अलपत्र

    अछाममा चित्रपुले, रिठा, दुनिरवा, लुग्रेली गाड र बूढीगंगामा बन्न लागेका पुल अलपत्र छन्। चित्रे पुल निर्माणकार्य २२ महिनामा सम्पन्न गर्ने गरी ०७० भदौमा अनक नन्देगडा तुलसी जेभीसँग सम्झौता भएको थियो। सय मिटर लम्बाइको पक्की पुल भ्याटबाहेक पाँच करोड ६३ लाखमा सम्झौता भएको थियो।

    अछाम र बाजुरा जोड्ने रिठा पुल पाँच वर्षदेखि अधुरै छ। पुल आसपासका जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले काममा अवरोध गरेका छन्। पुलको निर्माण लागत भ्याटबाहेक ४ करोड ७८ लाख रुपैयाँ छ।

    अछामकै बूढीगंगा हाइड्रोपावरको पावर हाउससम्म जान र मेल्लेख गाउँपलिकालाई जोड्ने निर्माणाधीन पुल दुई पटकसम्म म्याद थप्दासमेत बन्न सकेको छैन। ०७३ साउन १९ गते १५ महिनाभित्र निर्माण कार्य सक्ने गरी श्यामसुन्दर कम्पनीसँग सम्झौता भएको हाइड्रोपावरका प्रमुख वीरबहादुर बोहराले बताए। १२ करोड ५२ लाखमा पुलको ठेक्का सम्झौता भएको थियो।

    पाँच वर्षमा १० प्रतिशत काम

    सेती नदीमा पुल निर्माण अवधि सकिँदा १० प्रतिशत मात्र काम भएको छ। डोटीको शिखर नगरपालिका बानेडुग्रीसैनमा बनिरहेको पुलको २०७१ असार २९ गते सम्झौता भएको थियो।

    पुल निर्माणको जिम्मा पप्पु राजेन्द्र जेभीले लिएको थियो। तीन सय ३९ मिटर लम्बाइको पुल निर्माणका लागि २६ करोड २० लाखमा सम्झौता भएको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ।

    धौलीगाडमा मुआब्जा विवाद

    दार्चुलामा पर्ने महाकाली राजमार्गअन्तर्गत धौलीगाड खोलामा निर्माणाधीन पुलको मुआब्जा विवादका कारण ४ वर्षदेखि अलपत्र छ। जग्गाको उचित मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल निर्माणमा अवरोध गरेपछि काम अलपत्र परेको हो।

    दार्चुला सदरमुकाम खलंगालाई मोटर पुलले जोड्ने गरी सडक डिभिजन कार्यालय बैतडीले २०७१ असार ३० गते आसी कन्स्ट्रक्सनसँग पुल निर्माणको सम्झौता गरेको थियो। दुई करोड ३२ लाख ५६ हजार रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो। मुआब्जा विवादले निर्माण अवरुद्ध भएको हो।

    ठेकेदारको लापरबाही

    बैतडीको पाटन नगरपालिकाको सकार तथा कैलपाल जोड्ने मोटरेबल पुल पाँच वर्षमा ३० प्रतिशत काम भएको छ। २०७१ सालमा पुल निर्माणका लागि एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको थियो। अहिलेसम्म ३० प्रतिशत काम भएको डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ।

    निर्माण कम्पनीको लापरबाहीका कारण समयमै पुल निर्माणको काम नभएको डिभिजन सडक कार्यालयका प्रमुख शंकर खनालले बताए। दुई करोड ९० लाखमा निर्माण सक्ने गरेर सम्झौता भएको थियो।

    चार वर्षमा ३० प्रतिशत काम

    साँफेबगर–मार्तडी सडक खण्डको बूढीगंगामा पर्ने पक्की पुल ठेक्का सम्झौता भएको चार वर्षसम्म बनिसकेको छैन। काष्टमण्डव मसिना जेबी महेन्द्रनगरले निर्माणको ठेक्का लिएको छ। चार वर्षमा ३० प्रतिशत पनि निर्माण नभएको सडक डिभिजन कायर्नलय साँफेबगरका इन्जिनियर दमन विष्टले बताए। पुल निर्माणको लागत पाँच करोड रुपैयाँ छ।

    त्यस्तै बार्जुगाडमा रहेको पक्की पुल पनि अलपत्र छ। ठेक्का सम्झौता भएको चार वर्षसम्म ३५ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले बताए। निर्माणको ठेक्का एडभ्यान्चर साउद जेभीले लिएको छ। निर्माण लागत तीन करोड ४३ लाख छ।

    डडेल्धुरामा २६ करोडका पुल अलपत्र

    परशुराम नगरपालिकामा पर्ने रंगुन नदीको पुल अलपत्र छ। पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभीले १२ करोड २८ लाखमा लिएको थियो। थपिएको म्याद सकिँदासम्म २५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

    भागेश्वर गाउँपालिका–४ डुंगरीदेखि अजयमेरु गाउँपालिकाको देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा पुल पनि अलपत्र छ। २०७२ भदौमा बिकोई बिल्र्डससँग ५ करोडमा ठेक्का सम्झौता भएको थियो।

    अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन पुल अलपत्र छ। जागृति निर्माण सेवा बझाङले ४ करोड ८३ लाखमा निर्माण गर्ने सम्झौता गरेको थियो।

    सकायल खोलामा निर्माण भइरहेको डाडावन पक्की पुल पनि ४० प्रतिशत मात्रै सम्पन्न भएको छ। दुई वर्ष अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ मा २ करोड ५० लाखमा सम्झौता गरेको थियो। गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भइरहेको डाडावन पुलको दुवैतर्फ पिल्लर मात्रै ठडिएका छन्।

    भागेश्वर गाउँपालिका–३ पर्छेटाको पछौडा पुल पनि अलपत्र छ। दुई करोड लाख २५ लाखमा राजेन्द्र चाँदनी आशिष जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। अन्नपूर्णपोष्टबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑