• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटले थाल्यो संवाद

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार २२:५०
  • २८९९

    काठमाडौं: नेपालको पहिलो भू–उपग्रह (स्याटेलाइट) ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न थालेको छ। स्याट–१ ले पठाएको सूचना, तथ्यांक र अन्य विवरण स्टेसनले नियमित रेकर्ड गर्न थालेको हो।

    स्याटेलाइटमा जडान भएको ब्याट्रीको अवस्था, पृथ्वीलाई फन्को लगाउन लाग्ने समयावधि, पृथ्वीसँगको दूरी, सो उपकरण रहने स्थान आसपासको तापक्रमजस्ता सूचना ग्राउन्ड स्टेसनले प्राप्त गरिरहेको छ।

    ग्राउन्ड स्टेसन ललितपुरको खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा स्थापना गरिएको छ। स्याट–१ ले डेढ घण्टामा पृथ्वीलाई एक फन्को लगाउने गरेको र एक दिनमा १६ पटक पृथ्वीलाई चक्कर लगाइरहेको विवरण स्टेसनलाई प्राप्त भइरहेको नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले बताए। यो समाचार टीका बन्धनले नेपाल समाचार पत्रमा लेखेका छन् ।

    ‘गत बिहीबारयता उसको गतिविधि नियमितरूपमा नियालिरहेका छौं, एक सेकेन्डमा सात किलोमिटरको गतिमा स्याटेलाइट घुमिरहेको पाइएको छ’, उनले भने– ‘अहिलेसम्म कुनै प्राविधिक गडबडी देखिएको छैन।’

    ढकालका अनुसार पृथ्वीबाट (सबैभन्दा नजिकको दूरी) ४ सय २० किलोमिटर उचाइमा स्याट–१ ले फन्को लगाइरहेको छ। शनिबार बिहान ४ बजेर ४० मिनेट हाराहारीमा पूर्वी नेपालको भू–भाग हुँदै बाहिरिएको स्याट–१ आइतबार राति ८ बजेर ३५ मिनेटमा नेपालकै सुदूरपश्चिमी भेगको अन्तरिक्षलाई छोएर बाहिरिएको छ।

    ग्राउन्ड स्टेसनका कार्यक्रम प्रमुख रोशन पाण्डेका अनुसार स्याटेलाइटको प्रस्ट संकेत आइतबार राति आठ बजेर ४० मिनेट आसपासमा देखिएको छ। उहाँले प्रस्ट्याउँदै भन्नुभयो– ‘नेपालको भूगोल र आसपासबाट स्याट–१ ले फन्को लगायो भने सूचना लिन सजिलो हुन्छ, अहिलेसम्मको अवस्था हेर्दा दुई दिनमा नेपाल नजिक भएर स्याट–१ चलिरहेको छ।’

    नेपालको पहिलो भू–उपग्रह गत वैशाख ५ गते अमेरिकाको भर्जिनियाको वल्लोप्स द्वीपबाट अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। सोही दिन श्रीलंकाको रावन–१ र जापानको युगुसु भू–उपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो।

    नेपाल, श्रीलंका र जापानका स्याटेलाइट सँगसँगै रहेका र एकआपसमा तीनवटैको दूरी १ हजार किमिका हाराहारीमा रहेको ढकालले बताउनुभयो। करिब दुई महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेको स्याट–१ ले गत असार ४ गतेपछि मात्रै पृथ्वीलाई विचरण गर्न थालेको थियो।

    ग्राउन्ड स्टेसनले दिने निर्देशनका आधारमा स्याट–१ ले तस्वीर खिच्ने, पृथ्वीले निकाल्ने विद्युतीय र चुम्बकीय तरंग, मौसम, प्रकोप र जलवायुमा देखिने विविधताको अध्ययन गर्न सघाउने उहाँले जानकारी दिए।

    केही तस्वीर, प्रकोप र जलवायुबारेको एक–दुई दिनको तथ्यांक र सूचनाले समग्र नतिजा प्राप्त नहुने भएकाले नियमित अध्ययन जरुरी रहेको ढकालको भनाइ छ।

    जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) विश्वविद्यालयसँगको सहकार्यमा तीनवटै देशका विद्यार्थीले बड्र्स परियोजनाअन्तर्गतको छात्रवृत्तिमा नानो भू–उपग्रह निर्माण गरेका हुन्।

    क्युटेकबाटै न्यानो स्याटेलाइट टेक्नोलोजीमा विद्यावारिधि गरिरहनुभएका नेपाली वैज्ञानिक आभाष मास्के र सोही विषयमा स्नातकोत्तर अध्ययनरत नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठले नेपाली स्याट–१ तयार गरेका हुन ।
    बड्र्स प्रोजेक्ट संयुक्त राष्ट्रसंघीय लगानीमा सञ्चालित परियोजना हो, विश्वभरबाट धेरै स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गर्ने उच्च सूचीमा सो परियोजना सूचीकृत छ।

    नेपालसहित भुटान, श्रीलंका, थाइल्यान्ड, जापान, फिलिपिन्स, मंगोलिया, नाइजेरिया, घाना, पानामा, ताइवानजस्ता मुलुक बड्र्स प्रोजेक्टमा आबद्ध छन्। नेपालको स्याटेलाइट क्युटेकले पनि अनुगमन गरिरहेको छ।

    स्याट–१ लाई अन्तरिक्षमा प्रक्षेपण गर्न सरकारले १ करोड ४२ लाख रुपियाँको बजेट उपलब्ध गराएको थियो भने ग्राउन्ड स्टेसनका लागि २० लाख रुपियाँ हाराहारीको बजेट खर्च भएको नास्टले जनाएको छ।जापानी प्राविधिक र वैज्ञानिकसँगको ईमेल सम्पर्क र भिडियो वार्तापश्चात नेपालकै जनशक्तिले ग्राउन्ड स्टेसन तयार गरेका हुन्।

    स्याट–१ को आयु तीन वर्ष हाराहारीको रहने ठहर गरिएको छ। यो अवधिमा नेपालका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, अध्ययन अनुसन्धानको दायरालाई फराकिलो बनाउने र राष्ट्रिय अन्तरिक्ष अनुसन्धान केन्द्रको अवधारणालाई मूर्त रुप दिन पहल गर्ने ढकाल बताउछन्। केन्द्रको खाका नास्टले यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुझाइसकेको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार
  • काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
  • कालो चना खानुका फाइदाहरु !!
  • के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    कालो चना खानुका फाइदाहरु !!

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    जनता समाजवादी पार्टी (जसपा) ले गरे मन्त्री फिर्ता बोलाउने निर्णय

    ६५ लाख जरिवाना तोकिएका दुई फरार प्रतिवादी पक्राउ

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    News

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    News

    कालो चना खानुका फाइदाहरु !!

    News

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    News

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑