समुदाय प्रहरी साझेदारी दारा एकदिने कार्यक्रम सम्पन्न
वीरगंज संजाल
३० भाद्र २०७६, सोमबार १६:४९
६८९३
महोत्तरी। धर्वेन्द्र कुमार यादव ।ईलाका प्रहरी कार्यालय गौशाला र औरही प्रहरी चौकीले आज सोमवार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङगिक हिंसा न्यनिकरण,लागु औषध दुर्व्यसनी र मानब बेच बिखन सम्बन्धि “प्रहरी संग एक दिने स्कुल सम्पर्क कार्यक्रम” सञ्चालन गरेको छ ।
समाजमा बढ्दै गएका अपराधिक घटना न्युनिकरणका लागी नेपाल प्रहरीले देशै भर लागु गरेको समुदाय– प्रहरी साझेदारी कार्यक्रमलाई महोत्तरी प्रहरीले तिब्रता दिएको छ । समुदाय प्रहरी साझेदारी अबधारण अन्तर्गत आज महोत्तरीको औरहीमा लैङगिक हिंसा न्यनिकरण,लागु औषधी र मानब बेच बिखन सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
औरही नगरपालिका वडा-२ स्थित रहेका श्री प्रसाद सिंह माबी औरहीमा ईलाका प्रहरी कार्यालय गौशाला र औरही प्रहरी चौकीको संयुक्त आयोजनामा लैङगिक हिंसा न्यनिकरण,लागु औषधी र मानब बेच बिखन सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको हो ।अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकको भुमिका समान हुने भन्दै कक्षा ९, १० र ११ मा अध्ययनरत बिद्यार्थिहरुका लागी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यलयले जनाएको छ ।
कार्यक्रममा स्थानीय राजनीतिकर्मी दरेश यादवले शान्ति सुरक्षालाई ठिक ढङ्गले अगाडी बढाउनका लागि प्रहरी साझेदारी कार्यक्रम प्रशंसनीय भएको भन्दै प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी बढाउनुपर्ने बताउनुभएको छ । बिभिन्न अपराध र हिँशाजन्य क्रियाकलापलाई रोक्नका लागि सरोकारवाला जिम्मेवार र जवाफदेही बन्नुपर्ने उनको भनाई थियो । सामाजिक बिकासका लागि प्रहरीको भूमिका महत्वपुर्ण हुने बताउदै सुरक्षालाई बिकास संग र बिकास निर्माणका हरेक क्रियाकलापलाई शान्ति सुरक्षा संग जोड्नुपर्ने बताउनुभयो ।
यस्तै औरही प्रहरी चौकीका प्र.स.नि राजेन्द्र मण्डलले सामाजिक बिकृति बिसंगती र अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नका लागि प्रहरी साझेदारी कार्यक्रमलाई जिल्लाका सबै तहमा संचालन गरेको जानकारी दिए ।
अपराध न्युनीकरण रोकथाम अपराधिक ब्यक्तिको पहिचान निगरानीका लागि प्रहरीले केन्द्रिय निती अनुरुप जिल्लाका सबै पालिका र वडास्तर सम्म प्रभावकारी रुपमा आफ्ना गतिबिधी अगाडी बढाएको उहाँको भनाई थियो । कार्यक्रममा बिधालयका प्रा.अ , ईलाका प्रहरी कार्यालय गौशाला बाट खटि आएका प्र.ना.नि भुवन सिंह कार्की ,प्रहरी चौकी औरहीका प्र.स.नि राजेन्द्र मण्डल , महिला,समाजसेवी, विद्यार्थी, प्रहरी जवान लगायतको उपस्थित रहेको थियो ।