• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अवैध बालुवा उत्खनन गर्ने स्काभेटरमा साङ्लो

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार १४:४७
  • ६२४१

    बेत्रावती : नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) मा प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ ।

    नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारबाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो ।

    नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेक्टरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले जनाएको छ ।

    नदीजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को टोलीले स्थलगतरूपमा गरेको अनुगमन र अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न स्काभेक्टर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    उनका अनुसार नदी एवं खोलामा अवैध कार्य गर्ने तथा त्यसको आसपासमा रोकिएका स्काभेक्टरलाई सोही स्थानमै साङ्लो बेरेर ताल्चा लगाई साँचो कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ ।

    बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पुलगायतका खोलामा अवैधरूपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढाएपछि नियन्त्रणका लागि प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर कडाइको प्रयास गरेको हो ।

    नदी र खोलामा जारी उत्खनन कार्य रोक्न प्रहरीले नयाँ स्वरूपको सक्रियता चलाए पनि नियन्त्रण भने अझै प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ ।

    साङ्ले स्काभेक्टरलाई ५० हजार जरिवाना
    जिल्ला अनुगमन तथा समन्वय समितिको टोलीले अनुगमनका क्रममा एवं प्रहरीबाट साङ्लो कसेका स्काभेक्टरलाई नगद जरिवाना तिराइने भएको छ ।

    समितिको बैठकले ‘नदीजन्य पदार्थको अनुगमन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६’ अनुसार पहिलोपटक साङ्लो लागेका ती उपकरणलाई रु ५० हजार जरिवाना तिराउने निर्णय गरेको समितिका अध्यक्ष एवं जिसस प्रमुख सन्तमान तामाङले जानकारी दिए ।

    “अवैधरूपमा नदी उत्खननमा संलग्न उपकरणको साङ्लो खोल्न जरिवानाको व्यवस्था गरिएको छ । केहीले साङ्लै तोडेर पुनःअवैध कार्य गरेको पाइएकाले त्यसलाई थप रु ५० हजार जरिवाना लाग्ने निर्णय भएको छ”, तामाङले भने ।

    सङ्कलन भएको सामग्री जफत
    समितिको बैठकले अवैधरूपमा उत्खनन गरेर सङ्कलित नदीजन्य सामग्री सम्बन्धित स्थानीय तहलाई जफत गर्न निर्देशन दिएको छ ।

    जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा ताँदी, पञ्चकन्या, लिखु, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई आफ्नो क्षेत्रभित्र अवैधरूपमा उत्खनन गरेर थुपारेका बालुवालगायतका नदीजन्य सामग्री जफत गर्न पत्राचार गरेको समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

    ती सामग्रीको घाटगद्दीमार्फत खुला प्रतिस्पर्धाबाट बिक्री गरेर सम्बन्धित स्थानीय तहलाई राजश्व सङ्कलन गर्न भनिएको छ ।

    अवैध कार्यमा स्थानीयवासीदेखि जनप्रतिनिधिसम्म
    नुवाकोटका नदी र खोलामा अवैधरूपमा हुने उत्खननमा यहाँका स्थानीयवासीदेखि निर्वाचित जनप्रतिनिधिकोसमेत संलग्नता हुने गरेको पाइएको छ ।

    निर्वाचित जनप्रतिनिधिको संरक्षणका कारण नदीजन्य सामग्रीको उत्खननमा अनुभव हासिल गरेका समूहले विभिन्न स्थानमा उत्खनन क्षेत्रको भाग लगाएर अवैध कार्य गर्ने गरेको स्थलगत अनुगमनमा पाइएको हो ।

    अनुगमन गर्न पुगेको टोलीलाई तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो क्षेत्रमा दर्ता नभई दुई वटा क्रसर उद्योग चलेका र दुई स्थानमा स्काभेक्टर प्रयोग गरेर अवैध उत्खनन भइरहेकाले नियन्त्रणका लागि ध्यानाकर्षण गराए ।

    काम गर्ने स्थान आसपासका बासिन्दादेखि, राजनीतिज्ञ एवं सम्बन्धित स्थानका निर्वाचित जनप्रतिनिधि समेतको संलग्नताले अवैध कार्य रोक्न आफूलाई कठिन भएको गुनासो पाण्डेले गरे ।

    जिल्लाको कोल्पुखोलामा अवैध उत्खनन रोक्न प्रहरी मौन रहेको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाको भनाइ छ ।

    “खोला किनारमा स्काभेक्टर र सङ्कलित बालुवा प्रहरीको चौकीबाटै देख्न सकिन्छ”, उनले भने, “खोलामा गएका ती उपकरण र त्यसलाई चाहिने इन्धन लैजाँदा रोक्न नसक्नु प्रहरीको कमजोरी हो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑