काठमाडौँ : पाल्पामा छोराको मृत्युको बियोगमा बुबाले आत्महत्या गरेका छन् ।
जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीनाले घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएको थियो ।