पर्सा।आज करिब ०७:०० बजेको समयमा जिल्ला पर्सा को बहुदरमाई नगरपालिका वडा नं.३ मा अवैध घरेलु मदिरा नष्ट गरिएको छ।
जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.३ बस्ने मदन साह कलवारले सोहि स्थानमा रहेको नहरको छेउमा अवैध रुपमा रक्सि भट्टि संचालन गरि मदिरा उत्पादन गरि बिक्रि बितरण गरि रहेको सुचना प्राप्त हुनासाथ ईलाक प्रहरी
कार्यालय सुगौलीबिर्ता र प्रहरी चौकी महुवन पर्साबाट सयुक्त प्रहरी टोलि खटि गइ उक्त भट्टि सहित लगभग ८०० लिटर कच्चा पदार्थ, तयारी मदिरा लगभग .३० लिटर, भाडाकुडा र मदिरा बनाउने मेसिन सहित नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको थियो भने जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।