• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मेयर सरावगीद्वारा बाल हेल्पलाइनको उद्घाटन

  • वीरगंज संजाल
  • ३० भाद्र २०७६, सोमबार ०६:१६
  • ६७८५

     वीरगंज | वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बाल दिवसको अवसरमा वीरगंज महानगरको सहकार्यमा आवर संसार नेपालले सञ्चालनमा ल्याएको बाल हेल्पलाइन वीरगंजको उद्घाटन गरेका छन् ।वीरगंज–३ छपकैयामा आजदेखि सञ्चालनमा आएको बाल हेल्पलाइन वीरगंजको उद्घाटन गर्दे मेयर सरावगीले सडक र श्रमिक बालबालिकाहरूको उद्धार गरी उनीहरूलाई पुनस्र्थापित गराउने काममा बाल हेल्पलाइनले काम गर्ने बताए । उनले वीरगंजमा सडक बालबालिका र श्रमिक बालबालिकाको अवस्था दयनीय भएको बताए । उनले लामो समयपछिको प्रयासमा वीरगंजमा बाल हेल्पलाइन सञ्चालनमा ल्याइएको बताए ।

    उनले मनपाले पहिलो बैठकबाट घोषणा गरे अनुसार बाल हेल्पलाइन सञ्चालन हुन सकेकोमा खुशी व्यक्त गरे । वीरगंज–३१ बेलवा बालमैत्री वडा घोषित भइसकेको र वडा नं. २३ र २८ लाई पनि बालमैत्री वडा घोषणा गर्ने कार्य भइरहेको जानकारी गराए । उनले सङ्घ सरकार र प्रदेश सरकारको अदूरदर्शिताको कारण स्थानीय सरकारले काम गर्न नसकेको दुःखेसो गरे । वीरगंजमा जिल्ला बाल कल्याण समिति केन्द्रीय सरकारमार्पmत सञ्चालित भएको र त्यहाँ पर्याप्त जग्गा, घर र नगद समेत हुँदा सडक बालबालिका र श्रमिक बालबालिकाहरूको हितमा काम गर्न नसकेको गुनासो गरे । उनले महानगरपालिकाले बालबालिकाहरूको पक्षमा बजेटको चालीस प्रतिशत रकम विनियोजित गर्ने बताउँदै यस वर्ष रु ५ करोड विनियोजन भएको जानकारी गराएका थिए ।

    उद्घाटन समारोहमा पोखरिया नपाकी उपमेयर सलमा खातुनले बाल हेल्पलाइन स्थापनाले जिल्लाकै स्थानीय पालिका लाभान्वित हुने बताइन् । वीरगंज महानगरबाहेक पर्सा जिल्लाको स्थानीय पालिका र छिमेकी भारतीय बालबालिकालाई पनि लाभ पुग्ने उनले बताइन् । वीरगंज मनपामा सडक र श्रमिक बालबालिकामा भारतीयहरूको सङ्ख्या पर्याप्त रहेको भन्दै उनीहरूलाई उद्धार गरी घर परिवारको जिम्मा लगाउन सकिने बताइन् ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले जिल्ला बाल कल्याण समितिमा बालबालिकाको नाममा सङ्कलित रु १ करोड ४८ लाख जगेडा हुनु, उनीहरूको नाममा निर्मित भवन व्यवसायीकरण गरेर होटल, रेस्टुरा सञ्चालन गर्नु, बालबालिका बस्ने ठाउँमा बाल सुधार गृह खोल्नु अनि मनपाले वडा कार्यालयमा सञ्चालन गर्न सकिने बाल हेल्पलाइन भाडा लिएर सञ्चालन गर्नु दुःखद रहेको बताए ।
    बाल हेल्पलाइनका संयोजक मुकेश साहले आजदेखि सञ्चालनमा आएको बाल हेल्पलाइनमा तत्काल १३ जना बालक र ७ जना बालिकालाई उद्धार गरी राख्न सकिने व्यवस्था गरिएको जानकारी गराए । उनले सडक र श्रमिक बालबालिकाको उद्धार गरी बाल हेल्पलाइनमा राखिने र उनीहरूको परिवारलाई जिम्मा लगाउने कार्यमा सक्रियता देखाउने बताए ।

    साहले आवर संसारले परवानीपुरमा सडक र श्रमिक बालबालिकाहरूलाई लक्षित गरेर पुनस्र्थापना केन्द्र सञ्चालन गरेको र त्यहाँ हाल १६ जना बालबालिका रहेको बताए ।उपमेयर शान्ति कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतो, वडाध्यक्ष बैजुलाल स्वर्णकार, प्रनाउ गौतम थापाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आवर संसार नेपालका बेबी मिश्राले स्वागत र सामाजिक महाशाखाका मुकेश गुप्ताले सहजीकरण गरेका थिए ।pratikdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑