अनुगमन गर्ने क्रममा श्री बालाजी ट्रेड्र्स ( सत्यदेव प्रसाद कलवार ) को पसलमा पुग्दा फर्मको विलबिजक भएता पनि ग्राहकलाई सादा कागजमा विल दिएकोले उपभोक्ता एेन अन्तर्गत कार्वाहीको लागी १५,०००/- जरिवाना गरिएको थियो ।सुमीत्रा ट्रेडर्स एन्ड सप्लायर्स ( गणेश प्रसाद रुङटा ) फर्ममा सुजी, आटा र मैदाको गरी ८०० बोरामा लेबल प्रस्ट नभएकोले र कागजात पत्र नराखेकोले ३ दिन भित्र कार्यालयमा कागजात सहित्व उपस्थित हुन पत्र काटिएको थियो ।
श्री श्याम ट्रेडर्स ( श्रीमती चन्दा कुमारी मारवाडी ) को होलसेल पसलमा बिक्री बिल प्याड संख्या ८ बाट क्रम संख्या काटनु पर्नेमा नकाटी बीच बीच छोडी काटेको र ५५५ ब्रान्डको सुजी ४५ बोरामा उत्पादन मिती प्रस्ट नभएकोले कार्वाहीको लागी सम्पुर्ण कागजात सहित ३ दिन भित्र सम्पर्क राख्न पत्र काटिएको छ ।त्यसै गरी नारायणी साईकल (सत्यदेव प्रसाद शरार्फ ), अर्ट्रोनीक पसल ( पदमा देवी अग्रवाल ) को पसलमा कागजातहरु नराखेको पाईएको थियो ।