बारा। बलिका लागि प्रसिद्ध बाराको गढीमाई मन्दिरको सञ्चालन तथा विकास समितिको नेतृत्वमानेतृत्व चयन भएको छ। गत बिहीबार भएको मतदानबाट मधेसकेन्द्रित दलहरूनिकट गठबन्धनको प्यानल निर्वाचित भएको हो।
शनिबार राति आएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित साहले ३२४७ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका उम्मेदवार मोतीलाल कुशवाहाले २९५४ मत प्राप्त गरेका छन्। अध्यक्षमा साह २९३ मतान्तरले विजयी भएका हुन्।चौँथोपटक नेतृत्वमा गढीमाई बोर्डमा साह यो चौंथो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनले बोर्डमा १५ वर्ष नेतृत्व गरिसकेका छन्।
दुई पटक बोर्डको अध्यक्ष मनोनित भएका साह पछिल्लो पटक चुनावबाट निर्वाचित हुँदै तेस्रो पटक अध्यक्ष भएका थिए।९ सदस्यीय बोर्डको उपाध्यक्षमा विश्वनाथ कुशवाहा ३२३७ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कैलाश महतो कोइरीले २६६४ मत प्राप्त गरे।बोर्डको सचिवमा पारसप्रसाद गुप्ता, सहसचिव सोनालाल साह, कोषाध्यक्ष महेश जैसवाल, सदस्य त्रिपुरारी साह, हरेन्द्रप्रसाद कुशवाहा, शैलेन्द्रप्रसाद यादव र कृष्णप्रसाद यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश केशरीले जानकारी दिए।
अध्यक्ष पदमा नेकपाका जितेन्द्रप्रसाद गुप्ताले ५३४ मत प्राप्त गरेका छन् भने उनीविरुद्ध बागी उम्मेदवारी दिएका नेकपाका महाननप्रसाद यादवले २९ मत प्राप्त गरे। गढीमाई बोर्डको नेतृत्वका लागि राजनीतिक दलले छुट्टाछुट्टै प्यानल चुनावमा सहभागी भएका थिए।राजनीतिक चुनावको झल्को दिने गरी गढीमाई क्षेत्रमा उम्मेदवारहरू घरदैलो र प्रचारमा जुटेका थिए। संसदीय र स्थानीय चुनावजस्तै बोर्डको नेतृत्व चयन गर्न भएको निर्वाचन भड्किलो र खर्चिलो समेत देखिएको थियो। उम्मेदवारले मतदाता रिझाउन ठूलो रकम खर्च गरे।
चुनावमा ८ हजार ३१७ मतदातामध्ये सात हजार ८६ जनाले मतदान गरेका थिए। बोर्डको अध्यक्ष र उपाध्यक्षमा चार/चार, सचिव र सहसचिवमा तीन/तीन जनाको उम्मेदवारी परेको थियो चार सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।चुनावबाट निर्वाचित ९ सदस्यीय बोर्डले मंसीरमा लाग्ने गढीमाई मेला सञ्चालन गर्नेछ। गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले सदस्यताका लागि आह्वान गर्छ। नेपाली नगारिक सदस्यता बन्न सक्ने विधानमा छ।