ठोरी गाउँपालिका वडा नं २ गौतम नगरमा बिजया दशमीको अवसरमा प्रत्येक बर्ष झैं यस बर्ष पनि सामुहिक दुर्गा पुजा गरिने भएको छ।दुर्गा पुजा संचालनको लागि २०७५ सालकै समितिलाई निरन्तरता दिइएकोछ।समितिको अध्यक्ष विकल आचार्य ,सह अध्यक्ष अर्जुन बहादुर बस्नेत ,सचिव प्रकश अर्याल ,कोषाध्यक्ष गणेश प्रसाद सापकोटा सहित २१ सदस्य समिति रहेको सह अध्यक्ष अर्जुन बस्नेतले बताए ।बस्नेतका अनुसार दुर्गा पुजालाई मर्यादित बनाउनको लागि विभिन्न पाँच उप समिति समेत गठन गरिएको छ।
समग्र ठोरी गाउँपालिका बासीको सुख,शान्तिको कामनाले हरेक बर्ष झैं यस बर्ष पनि पुजा आयोजना गरिएको अध्यक्ष विकल आचार्यले बताएका छन्।बिजया दशमीको पावन अवसर पारी दुर्गा पुजा गरिएको र सामुहिक पुजा भएकोले पनि सबैले इच्छा र गच्छ्य अनुसार तन मन र धनले सहयोग गर्न समितिका कोषाध्यक्ष सापकोटाले आग्रह गरेकाछ्न्।भारतको जमुनियाबाट मुर्तिकार बोलाएर मुर्ती बनाउने कार्य भइ रहेको सह अध्यक्ष बस्नेतले बताएका छ्न्।बस्नेतका अनुसार अरु बर्ष पुरुष मुर्तिकारबाट मुर्ति बानाउने गरिएता पनि यस बर्ष भने महिला मुर्तिकारको कला अवलोकन गर्न पाइने भएको बताएकाछ्न्।भा. रु. १५ ००० मा मुर्ति बनाउन दिइएको पनि बस्नेतले बताएका छ्न्।
दुर्गा पुजा संगै सांगेतिक मनोरञ्जनात्मक कार्यक्रम समेत हुने अध्यक्ष आचार्यले बताएका छ्न् तर कुन कुन दिन के कस्तो कार्यक्रम गर्ने र कुन कुन कलाकारलाई बोलाउने भन्ने विषयमा आन्तरिक छलफल भइ रहेको आचार्यले बताएका छ्न्।यहि असोज १२ गते घटस्थापना देखि पुर्णिामा सम्म धार्मिक विधि अनुसार पुजा पाठ संचालन हुनेछ।