आज राष्ट्रिय बाल दिवस | देशभर विभिन्न कार्यक्रम गरि मनाइदै
वीरगंज संजाल
२९ भाद्र २०७६, आईतवार ०९:०८
१२०३१
आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
नेपालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र २०४८, बालबालिका सम्बन्धी महासन्धी १९८९ यस अन्तर्गत बनेका प्रोटोकल र अन्तर्रा्ष्ट्रिय सन्धी सम्झौताको आधारमा बालबालिका सवालहरूलाई बाल बचाउ, बाल संरक्षण, बालबिकास र बाल सहभागिता समेतको आधारमा व्यापक दायारामा समेटी नेपालको संविधान (२०७२) ले बालबालिका सम्बन्धी ऐन नियमहरू, राष्ट्रिय नीति आवधिक एवं वार्षिक योजना र कार्यक्रम तथा संस्थागत व्यवस्था भित्र समावेश गरी स्थानीय तहबाटै कार्यान्वयन अगाडी बढाइएको छ ।
बालबालिकाको संरक्षण र विकासको विषयलाई विश्वका सबैजसो राष्ट्रहरूले आफ्नो अवस्था, परम्परा, सांस्कृतिक मूल्य मान्यता र आर्थिक सामाजिक परिवेश अनुरुप राष्ट्रिय कानूनमा समावेश गरी कार्यान्वयन गर्दै आएका छन् ।