वीरगंज । डेसिमल कलेज का कक्षा १२ मा अध्यन्रत छात्रछात्राहरु ले आयोजना गरेको”वेल्कम सेरोमोनी फोर फ्रेशर्श “कार्यक्रम देव होटल एण्ड पार्टि प्यालेस मा सम्पन्न भएको छ । डेसिमल कलेज ज्सले ५ वटा संकायहरु मा अध्यन गराई रहेको वीरगंज को प्रथम कलेज को रूपमा रहेको छ ।
जस्तै कानुनी , जर्न्लिज्म, म्यानेजमेन्ट, एजुकेशन र होटल म्यानेजमेन्ट संकायहरु को दक्ष शिक्षक, शिक्षिका र कानुन विज्ञहरु द्धारा अध्ययन गराउँदै आईरहेको छ । डेसिमल कलेजमा कक्षा ११ मा अध्ययन को लागि प्रवेश गरेका १३० जना छात्रछात्राहरु लाई कक्षा १२ का विद्यार्थीहरु द्धारा”वेल्कम सेरोमोनी फोर फ्रेशर्श “कार्यक्रम को आयोजना गरी नयाँ विद्यार्थीहरु लाई सम्मान गरिएको थियो ।
वीरगंज को देव होट एण्ड पार्टि प्यालेस मा भएको कार्यक्रम मा अध्यन्रत विद्यार्थीहरु ले विभिन्न विषय वस्तुहरु लाई समेटिएर स्पीच दिनु को साथै कला ले पाको भएका छात्रछात्राहरु ले मनोरञ्जात्मक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । डेसिमल कलेज को स्वागत कार्यक्रम मा कार्यक्रम को अध्यक्ष्ता क्याम्पस प्रमुख सुषमा तिवारी ले गर्नु भएको थियो ।
त्यसै गरी प्रमुख अतिथी मा नेपाली काँग्रेस का पुर्व सांसद अजय द्धिवेदी, डेसिमल कलेज का अध्यक्ष सनी दुबे, विशिष्ट अतिथी मा विरगंज उद्योग वाणिजय संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता,अअन्य अतिथीहरु मा सामाजीक अभ्यान्ता प्रकाश थारु, नेपाल टेलिभिजन का नेहाल खान, ओम प्रकाश सराफ, पटेरवा सगौली गाउँपालिका उपाध्यक्ष ममता चौधरी, मुन्ना सराफ, शिक्षक लालबाबु यादव, प्रेम चन्द्र दुबे र कार्यक्रम सञ्चालन डेसिमल कलेज कानुन संकाय तर्फ का प्रमुख चन्द्रिका प्रसाद पटेल र कक्षा १२ मा अध्यन्रत छात्रा सुहाना मिश्रा र रौनक सोनी ले गर्नु भएको थियो ।