गहवामाई मन्दिर पार्कमा गौ-हत्याको बिरोधमा सामुहिक मुन्डण
वीरगंज संजाल
२८ भाद्र २०७६, शनिबार १६:३९
११४३७
बिरगंज |अनिल सह्नी निषाद| नेपाल विश्व हिन्दु महासंघ द्वारा आयोजित “गौ- हत्या महापाप निवारण तर्पण यज्ञ” नारा सहित गहवा माई मन्दिर को पार्कमा सामुहिक मुन्डण गरि बिरोध गरेका थिए।
नेपाल विश्व हिन्दु महासंघ पर्साको अध्यक्ष रामअयोध्या प्रसाद महतोको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार नेपाल विश्व हिन्दू महासङ्घका ज्योती सम्राट पुरुषोत्तम दुबेले मुण्डन गराउनुभएको थियो ।
साथसाथै पकहाँमैन्पुर धोरे पर्सा शिव मन्दिरका पुजारी खोबारी भगत ले पनि मुण्डन गराउनुभएको थियो। स्वागत मन्तव्य व्यक्त गर्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयप्रकाश निषादले भन्नुभएको थियो “गाईको मासु खान आमाको मासु खानु सरह हो” ।
नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय सचिव अभिशेख तिवारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।कार्यक्रम मा प्रदेश न २ को संयोजक बिशाल झा, पर्सा जिल्ला सचिव मनोज शाह,अन्जली सहनी ,पत्रकार अनिल कुमार वर्मा ,मयान्क गुप्ता ,कृष्ण शृवास्तव लगयत का उपसतिथी रहेको थियो