सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा निसुल्क आखा शिबिर
वीरगंज संजाल
२८ भाद्र २०७६, शनिबार १४:५८
१२१०९
बिरगंज । समुदाय – प्रहरी साझेदारी अन्तरगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ , घुसुकपुर युवा क्लब चपकैया-२ र समावेशी मुस्लिम समाज छपकैया-२ को सन्युक्त आयोजना र नारायणी आखा अस्पताल बिरगंजको सहयोगमा घुसुकपुर टोलमा निसुल्क आखा चेकजाच शिबिर राखिएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाको प्रमुख आतिथ्य र नारायणी आखा अस्पतालका नेत्र विशेषज्ञ डा. पदमराज बिस्टको विशेष सहयोगमा निसुल्क आखा शिबिरमा प्रमुख अतिथिको आखा चेकजाच गरि कार्यक्रमको सुभारम्भ गरिएको थियो । अहिले ११ बजे सम्ममा ३०० जनाले आखा चेकजाच गराईसकेको र जसमध्य ४२ जनामा मोतिया बिन्दु देखेको छ ।मोतिया बिन्दु हुनेलाई अस्पतालमा ५०% छुटमा अप्रेसन गरिने डा. बिस्टले जनकारी गराएका थिए ।आखा शिबिर दिउसो २ बजे सम्म चल्ने छ ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्तामा प्रहरी निरीक्षक निर्मल पनेरु , नारायणी आखा अस्पताल बिरगंजका नेत्र विशेषज्ञ डा. पदमराज बिस्ट , वडा न,२ का अध्यक्ष शेख अब्बास , सदस्य मुस्तफा अन्सारि, वडा न.३ का अध्यक्ष बैजु स्वर्णकार , सामुदायिक सेवा केन्द्र छपकैया -२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रएमा सिंह खत्री , सदस्य अजित कुमार भुजेल , मोहम्मद भारुक , छपकैया गुठी -२ का कोषाध्यक्ष टिका प्रसाई , सदस्य सुनिल सुबेदी , कृष्ण कार्की , जिवन हमाल , सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राजकुमार तामाङ लगायत भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य घुसुकपुर युवा क्लबका अध्यक्ष जेयाउल हक समानीले र कार्यक्रम संचालन समावेशी मुस्लिम समाज बिरगंज -२ का सचिव एवं सामुदायिक सेवा केन्द्र मिनाबजारका सचिव ज्यासुमिया देवानले गर्नु भएको थियो ।