कोलम्बो : श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटकको फाइनलमा भारत र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको भारतले बंगलादेशलाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ । भारतको यू–१९ टोलीले ३२.४ ओभरमा सबै विके गुमाएर १०६ रनको योगफल बनाएको हो।
सुरुदेखिख नै कमजोर व्याटिङ गरेको भारतका लागि करणलालले सर्वाधिक ३७ रन जोडे । कप्तान तथा विकटकिपर ध्रुब जुरेलले ३३ रन र शाश्वत रावतले १९ बनाए । अन्यले दोहोरो अंकको योगफल बनाउन सकेनन्।
बंगलादेशका लागि शामिम हुसैन र मुत्युन्जय चौधरीले भारतको ३-३ विकेट लिए ।
बिहीबारका लागि तय भएको भारत–श्रीलंका र बंगलादेश– अफगानिस्तानबीच हुने दुवै सेमिफाइनल खेल वर्षाले हुन नसकेपछि समूह चरणको अंकका आधारमा भारत र बंगलादेश फाइनलमा पुगेका हुन्।
यू–१९ एसिया कपमा सहभागी भएको नेपाल समूह चरणबाट बाहिरिएको थियो । समूह बी मा रहेको नेपाल श्रींलंकासँग ५ विकेट र बंगलादेशसँग ६ विकेटले पराजित भयो । समूह चरणको अन्तिम खेलमा यूएईलाई १६० रनको फराकिलो अन्तरले हराउँदै सुखद अन्त्य गरेका थियो ।