विप्लव नेकपाका कार्यकर्ता छुट्दै, पुनः गिरफ्तार पर्दै
वीरगंज संजाल
२७ भाद्र २०७६, शुक्रबार १८:२१
३२४५
विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता पटकपटक गिरफ्तार पर्ने र छुटुने क्रम अझै रोकिएको छैन ।
भदौ ६ मा पोखराबाट गिरफ्तार भएका कास्कीका ईन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ सर्वोच्च अदालतको आदेशमा रिहा भए, तर लगत्तै अदालत गेटबाटै बाक्लो संख्यामा उपस्थित प्रहरीले घेरा हालेर गिरफरतार गरेर पुनः हिरासतमा राखेको छ ।
पोखराबाट गिरफ्तार हुँदा वाग्लेमाथि राजद्रोह र संगठित अपराधको अभियोग लगाइएको थियो । तर सर्वोच्चले त्यसलाई पुष्टि नुहने ठहर गर्दै रिहा गर्न बुधबार आदेश दिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिहाईको आदेश दिएको थियो ।
त्यस्तै गोरखाका ईन्चार्ज योगेन्द्र कुमाल र सचिव कपिल भट्टलाई उनीहरुमाथि लगाइएको संगठित अपराधको अभियोग पुष्टि हुन नसकेको भन्दै बिहिबार रिहा गर्न आदेश दिएको थियो । आदेशपछि रिहाई पूर्जी लिई अदालतबाहिर निस्कदै गर्दा दुवै जनालाई गेटबाटै पुनः गिरफ्तार गरी हिरासतमा राखेको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको ईजलासले कुमाल र भट्टलाई रिहा गर्न आदेश दिएको थियो । दुवै नेता गत बैशाखमा गोरखाबाट गिरफ्तार परेका थिए । उनीहरुलाई गोरखा, कास्की, स्याङजालगायत झण्डै आधा दर्जन जिल्ला घुमाइसकेका छन् ।