• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नागरिकता विधेयकः सत्तापक्ष आजै टुंग्याउने तयारीमा, प्रतिपक्ष भन्छ– अझ अध्ययन गरौं

  • वीरगंज संजाल
  • २७ भाद्र २०७६, शुक्रबार १०:२९
  • ३३८१

    काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा देखिएका विवादित विषयमाथि संसद्को राज्यव्यवस्था समितिमा आज पनि छलफल जारी छ । समितिले संसद्मा पेस गर्न तयार पारेको प्रतिवेदन आजै पारित गर्ने सत्तापक्षको तयारी भए पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित राजपालगायतका दलले अध्ययनका लागि एकदिनको समय माग गरेका छन् ।

    तर सभापतिसहित सत्तापक्षका सांसद आजै यो विषय टुंगो लगाउनुपर्ने अडानमा छन् ।

    संसद्को अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको हुँदा ढिला गर्न नहुने सत्तापक्ष सांसदको तर्क छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित राजपाले राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पार्टीमा पनि छलफल गर्नुपर्ने भएकाले एकदिनको समय माग गरेका छन् ।

    मुल गाँठो वैवाहिक अंगीकृत 

    “नागरिकता दिने विषय राष्ट्रिय सुरक्षासँग पनि जोडिएको छ । त्यसकारण हामीले समानताको कुरा गर्दा अधिकारको कुरा गर्दा त्योसँगै राष्ट्रिय सुरक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो भन्ने भुल्नु हुँदैन,” गृहमन्त्री रामबहादुर थापाले विधेयकमाथि संसदमा सैद्धान्तिक छलफलका क्रममा भनेका थिए ।
    सत्तारुढ र प्रतिपक्ष दलका अरु सांसदहरुले पनि नागरिकताको विषय राष्ट्रियतासँग जोडिएको भन्दै नागरिकता दिनेसम्बन्धी व्यवस्थामा कडाई गर्नुपर्ने बताउँदै आएका छन् ।

    गृह मन्त्रालयका अनुसार नेपालमा ३ लाख बढी विदेशी महिलाले अंगीकृत नागरिकता लिएका छन् । यसरी नागरिकता लिनेमा अधिकांश महिला छिमेकी मुलुक भारतका छन् । मधेस केन्द्रित दल भने अहिलेको व्यवस्थामा थप कडाई गर्न नहुने पक्षमा छन् ।

    नागरिकता ऐनमा के छ ?  संशोधनमा के छ ? 

    हाल नेपालीसँग विवाह गरेर आउने विदेशी महिलाको हकमा नेपाली नागरिकता प्राप्तिको व्यवस्था के छ त ? यसबारे नेपाल नागरिकता ऐन ०६३ को दफा ५ को उपदफा १ मा व्यवस्था छ ।

    जसमा, “नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफुले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ,” उल्लेख छ । नागरिकता नत्याग्दै त्याग्ने प्रक्रियामात्रै प्रारम्भ गरेपछि नेपालको नागरिकता उसले तत्कालै पाइहाल्छिन् ।

    गृह सचिव प्रेम राई वैवाहिक अंगीकृतको अभिलेख नभएको बताउँछन् । राज्य व्यवस्थाको बैठकमा उनले बिहीबार कति विदेशी महिलाले नागरिकता लिँदा चलाएको निस्सा के भयो भन्नेबारे अभिलेख नभएको स्विकार गरे ।

    सरकारले निस्साको विषयलाई राम्ररी हेर्न नसकिएको ठानेरै होला संशोधनमा त्यो कुरालाई सम्बोधन गर्न खोजेको देखिन्छ । उसले नागरिकता परित्यागको निस्सा प्रक्रिया प्रारम्भ गरे हुने ठाउँमा ६ महिनाभित्र विदेशको नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
    नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशको नागरिकता पेश गर्नुपर्ने र  पेश नगरेमा नागरिकता रद्द गर्ने व्यवस्था ऐनमा थप गर्न सरकारको प्रस्ताव छ ।

    कांग्रेस सांसद एवं राज्य व्यवस्था समिति सदस्य मिना पाण्डे समयावधी राख्न नहुने पक्षमा छन् । “समयावधि राखेको भन्दा संशोधनमा ल्याइएको व्यवस्था नै कडा हो नि !” उनी भन्छिन् ।  तर, यो व्यवस्थामा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरु सन्तुष्ट छैनन् । उनीहरुले नेपालको नागरिकता प्राप्तिका लागि थप कडाई गर्नुपर्ने अडान राखेका छन् ।

    वैवाहिक अंगीकृतका लागि ७ देखि १५ वर्षसम्मको प्रस्ताव 

    भारतमा विवाह गरेर जाने विदेशी महिलाले ७ वर्षपछि मात्र नागरिकता प्राप्तिको प्रक्रियामा जान पाउने व्यवस्था तर्क कतिपय सांसदको छ । चीनमा त विदेशी महिलालाई नागरिकता दिने व्यवस्था नै नभएको उनीहरुको तर्क छ ।

    उनीहरुले भारत र चीन जस्ता अर्बौँ जनसंख्या भएका दुई ठुला मुलुकको बीचमा रहेको नेपाल सानो मुलुक भएकाले यसरी नागरिकता दिँदा राष्ट्रियता संकटमा पर्ने तर्क गर्दै आएका छन् ।

    सत्तारुढ दल नेकपाकी सांसद यसोदा सुवेदी गुरुङ सिन्दुर हाल्नासाथ हातमा विदेशी महिलालाई नागरिकता दिन नहुने तर्क गर्छिन् । “वैवाहिक अंगीकृतमा निश्चित समयसीमा तोक्नुपर्छ । भारतमा ७ वर्षको व्यवस्था छ । चीनमा त नागरिकता दिने व्यवस्थै छैन,” उनको तर्क छ, “आज नागरिकता दिने, भोलि नै राज्यसत्तामा सहभागिता प्रत्यक्ष सुनिश्चित गरियो । सामाजिक, साँस्कृतिक अधिकार सुरक्षित गर्नुपर्छ तर राजनीतिक अधिकार दिनुहुँदैन ।”

    राज्य व्यवस्था समितिको छलफलमा सांसद लक्ष्मी चौधरी, नवराज सिलवाल, प्रेम सुवाललगायतले ७ देखि १५ वर्षसम्म राख्न प्रस्ताव गरे ।

    वैवाहिक अंगीकृतको विषयमा समितिमा धेरै अल्झन नहुने भन्दै उनले मतदानबाटै भए पनि निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । मतदानमा जाने कुरामा नेमकिपाका सांसद प्रेम सुवालले पनि समर्थन गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑