द नेपालटपसँग कुरा गर्दै मुस्कानको पीडा सबै नेपाली चेलीहरुको पीडा भएको बताउँदै रसुलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमा आएर आफ्नी छोरीलाई भेट्नका लागि आह्वान गरे । ०७६ सालयता ५ महिनामा एसिड आक्रमणका दुई घटना सार्वजनिक भएका छन् । गत जेठ १ गते बुधबार राति काठमाडौंको कालोपुलमा २२ वर्षीया युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका थिए । त्यसको चार महिनापछि मुस्कानमाथि आक्रमण भयो । यस्ता घटनाले छोरीचेलीलाई घरबाट बाहिर निस्कनै डर भएकाले प्रधानमन्त्री स्वयम् यसमा गम्भिर हुनुपर्ने उनले बताए । |