• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    ‘एचआइभी पोजिटिभ’ ले गरिन् मृगौला दान !

  • वीरगंज संजाल
  • २५ भाद्र २०७६, बुधबार ०८:५८
  • ४६६१

    एजेन्सी । अमेरिकाको एट्लान्टामा विश्वमै पहिलोपटक एक एचआइभी पोजिटिभ महिलाले मृगौला दान गरेकी छन् । सोमबार बाल्टिमोरस्थित जोन हाप्किन्स मेडिसिनका डाक्टरहरुले उनको मृगौला अर्की एक महिलामा प्रत्यारोपण गरेका हुन् जो पनि एचआइभी संक्रमित नै हुन् । सो शल्यक्रियापछि अहिले दुवैजना स्वस्थ अवस्थामा रहेको र नयाँ शरीरमा मृगौलाले राम्रो काम गरिरहेको बताइएको छ ।

    यसरी यो ऐतिहासिक शल्यक्रिया वास्तवमै एचआइभी चिकित्सा क्षेत्र र यसको विकासमा संलगन सबै अनुसन्धानकर्मी अनि वैज्ञानिकहरुका लागि उत्सवको खबर भएको बताइएको छ ।

    यसरी मृगौला दान गर्ने पहिलो एचआइभी संक्रमित ३६ वर्षीया निना मार्टिनेज पब्लिक हेल्थमा आबद्ध छिन् जो सन् १९८३ मै एचआइभी भाइरसको शिकार भएकी थिइन् । यस्तोमा आफूले दुनियाका सबैलाई एचआइभीसँग बाँच्नुको अर्थ बुझाउन चाहेको उनले बताइन् । तर एचआइभी संक्रमित भएको ३५ वर्ष बितिसक्दा पनि उनलाई अत्यन्तै स्वस्थ अवस्थामा देखेर चिकित्सकहरु आश्चर्यमा परेको बताइएको छ । उनका अनुसार उनले अहिलेसम्म कुनै कार किनेकी छैनन् र प्राय पैदल यात्र गर्ने गरेकी छन् भने म्याराथोनमा पनि दौडने गर्छिन् । साथै उनलाई मधुमेह लगायत कुनै अतिरिक्त रोग नभएको हुनाले पनि योग्य दानकर्ताका मानिएको बताइएको छ ।

    २०१३ भन्दा अगाडिसम्म अमेरिकाले एचआइभी पोजिटिभलाई अङ्ग दान गर्ने अनुमति दिएको थिएन । यसबारेमा अस्पतालकी प्रोफेसर डाक्टर डोरी सेगेभ भन्छिन्, “हाम्रो प्रत्यारोपण सूचीमा मैले एचआइभीका धेरै बिरामीको मृत्यु भएको देखेको छु । त्यस समय हामीले जिवित र मृत दुवै सम्भावित दानकर्ताहरुलाई केबल एचआइभीकै कारण अस्वीकार गर्नु पर्दथ्यो ।”

    यस्तोमा एचआइभीकै बिरामी भएपनि कतिपय व्यक्ति स्वस्थ हुने र उनीहरुसँग मृगौला दान गर्ने क्षमता हुन्छ भन्नेबारे सबैलाई सचेत गराउन चाहेको सेगेभले बताइन् । नत्र यसअघि एचआइभी दानकर्तालाई कसैले पनि योग्य नठान्ने उनको भनाइ छ ।

    यसरी २०१३ को नभेम्बरमा मात्र अङ्ग प्रत्यारोपण सम्बन्धि अध्ययन गर्दा एचआइभी पोजिटिभले अर्को एचआइभी पोजिटिभलाई अङ्ग दान गर्न मिल्ने नियम ल्याइएको थियो । यसलाई एचआइभी अर्गान पोलिसी इक्वीटी, होप पनि भनिन्छ । सेगेभले पनि होप कार्यन्वयनमा मद्दत गरेकी थिइन् ।  तर होपका बारेमा जानकार भएपनि निनाले भने मृत एचआइभी बिरामीको अङ्ग मात्र दान गर्न पाइने ठानेकी थिइन् । जोन होप्किन्सकै चिकित्सकहरुले २०१६ मा यस किसिमको पहिलो शल्यक्रिया गरेका थिए जसमा मृत दानकर्ताले जिवित एचआइभी संक्रमितलाई अङ्ग दान गरेका थिए ।

    हाल अमेरिकामा १० लाख भन्दा बढी मानिस एचआइभी संक्रामित छन् । त्यसैले पनि यो ऐतिहासिक शल्यक्रियाले विश्वभरका बिरामीका लागि उपचारको नयाँ बाटो खुलाएको बताइएको छ ।  निना पनि आफ्नो कथाले सबैलाई प्रेरणा मिलोस् भन्ने चाहन्छिन् । सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑