• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनपछि इन्धनको मूल्य घट्यो

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार २३:४९
  • ४८६७

    भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेको छ।

    भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म बनेको उक्त संरचना दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन भएको बताइएको छ।

    मङ्गलवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आआफ्नै देशबाट रिमोट थिचेर उक्त पाइपलाइनको उद्घाटन गरेका छन्।

    उद्घाटनको औपचारिक कार्यक्रममा पहिला परियोजनाबारे निर्मित भिडिओ देखाइएको थियो। त्यसपछि नेपालबाट ओली र भारतबाट मोदीले भिडिओ कन्फरेन्सबाट बोलेका थिए।

    • नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्रै

    • नेपालमा पेट्रोलियम पाइपलाइन थपिए के फाइदा

    के भने ओलीले?

    प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे।

    निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ।

    ओलीतस्वीर कपीराइटRSS

    तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायुप्रदूषण घट्ने आफ्नो विश्वास भएको उनले बताए।

    उनले यो परियोजनाबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे।

    Skip Twitter post by @PradeepgyawaliK

    Pradeep Gyawali@PradeepgyawaliK

    Witnessing a historical moment. Rt Hon PM KP Sharma Oli and HE PM Narendra Modi will push a button soon n launch Motihari-Amlekhganj Cross Border Petroleum Pipeline, first ever project of this kind in South Asia.Thank you very much @PM_Nepal @PMOIndia for the landmark initiation

    261

    12:10 PM – Sep 10, 2019
    Twitter Ads info and privacy
    42 people are talking about this

    End of Twitter post by @PradeepgyawaliK

    पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आउन थालेपछि ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम जोगिने बताइएको छ।

    के भने मोदीले?

    मोदीले उक्त द्विपक्षीय परियोजनाको उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।

    सन् २०१९ मे महिनामा ओलीले भारत भ्रमण गरेको उल्लेख गर्दै उनले भने, “हाम्रो संयुक्त प्रयासमा द्विपक्षीय परियोजनाहरूमा प्रगति हुँदै गएकोमा मलाई खुसी लागेको छ।”

    पेट्रोलियम पाइपलाइनतस्वीर कपीराइटRSS

    “पछिल्ला केही वर्षमा हामीबीच उच्च राजनीतिक स्तरमा अभूतपूर्व सामीप्य भएको छ र हामी नियमित सम्पर्कमा छौँ। पछिल्ला डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मैले चार पटक भेटिसकेका छौँ।”

    “विकासका लागि हाम्रो साझेदारीलाई अझै सक्रिय बनाउन र नयाँ क्षेत्रमा सहयोग अझै बढाउन हामीले नयाँ अवसरबाट लाभ उठाएका छौँ। हाम्रो संयुक्त प्रयासको उद्देश्य जनताले लाभ लिऊन् र उनीहरूको विकास होओस् भन्ने हो।”

    Skip Twitter post by @PMOIndia

    PMO India

    ✔@PMOIndia

    यह बहुत संतोष का विषय है कि दक्षिण एशिया की यह पहली क्रॉस-बॉर्डर पेट्रोलियम पाइपलाइन रिकॉर्ड समय में पूरी हुई है। जितनी अपेक्षा थी, उससे आधे समय में यह बन कर तैयार हुई है। इसका श्रेय आपके नेतृत्व को, नेपाल सरकार के सहयोग को और हमारे संयुक्त प्रयासों को जाता है।:PM

    3,363

    12:35 PM – Sep 10, 2019
    Twitter Ads info and privacy
    594 people are talking about this

    End of Twitter post by @PMOIndia

    दक्षिण एशियामा पहिलो पटक सीमापार पेट्रोलियम पाइपलाइन परियोजना निर्माण भएको भन्दै उनले भने, “आधी समयमै यो तयार भयो। यसको श्रेय तपाईँको नेतृत्व, नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासलाई जान्छ।”

    मोदीतस्वीर कपीराइटRSS

    • नेपाल-भारत प्रबुद्ध समूहको प्रतिवेदनमा अझै अन्योल

    • इन्धन भण्डारण गर्न चिनियाँ सहयोग नलिने निगमको सङ्केत

    उक्त पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ। त्यसमध्ये ३६.२ किलोमिटर भाग नेपालमा छ।

    पाइपलाइनबाट आउनेभएपछि इन्धनको गुणस्तर कायम रहने र मिसावट नहुने बताइन्छ।

    Skip Twitter post by @narendramodi

    Narendra Modi

    ✔@narendramodi

    Replying to @narendramodi

    प्रगतिको फल मित्र राष्ट्रहरुसँग बाँड्दै !

    मोतिहारी–अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिनेछ ।

    म हर्षित छु कि नेपाल र भारतबीचको सहकार्यले हाम्रा जनताको परस्पर लाभका लागि नयाँ उचाइ प्राप्त गर्दैछ ।

    7,157

    4:35 PM – Sep 10, 2019
    Twitter Ads info and privacy
    1,232 people are talking about this

    End of Twitter post by @narendramodi

    पहिला ट्याङ्करबाट ल्याउँदा पेट्रोलियम पदार्थको परिमाण घट्ने र मिसावट तथा चोरी हुने गरेको थियो।

    अमलेखगन्जतस्वीर कपीराइटRSS

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑