आज आत्महत्या रोकथाम दिवस : नेपाल विश्वकै ७ औं स्थानमा
वीरगंज संजाल
२४ भाद्र २०७६, मंगलवार २१:११
४१५५
काठमाडौं । मंगलबार विश्वव्यापी आत्महत्या रोकथाम दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको २०१२ को सर्वेक्षणले नेपाल आत्महत्या गर्ने देशमध्ये ७ औं स्थानमा देखाएको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो एक वर्षमा करिब ६ हजार जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको प्रहरीे तथ्यांक छ ।
मंगलबार कमिंग टुगेदर फर सुसाइड प्रिफेन्सन नारा सहित आत्महत्या रोकथाम दिवस मनाइएको छ । पछिल्लो समय मानसिक रोगी बढ्दा आत्महत्या पनि बढेको छ । विश्वमै आत्महत्याको प्रयास गर्नेमध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगी र ८० प्रतिशत डिप्रेसनमा परेकाहरु रहेको चिकित्सकहरुको भनाइ छ ।
बाइटः डा रितेश थापा, मानसिक रोग विशेषज्ञ,रिदम अस्पताल आत्महत्या नियन्त्रणको लागी सुसाइड प्रेभेन्सन एण्ड मेन्टल हेल्थ प्रमोसनले टोल फ्री नम्बर नै सार्बजनिक गरेको छ । यो निकायले आत्महत्या रोक्न परामर्श दिने गर्छ । यदी कसैलाई आत्महत्या गर्ने बिचार आइरहेको छ भने टोल फ्री नम्बर १६६० ०१ २२२२३ मा फोन गर्न सक्नेछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुत्यु भएका एक लाख मानिसमध्ये २५ जनाको मृत्यु आत्महत्याका कारणले हुने गरेको छ । संसारभर १५ देखि २९ वर्ष समूहमा मानिसको मृत्यु हुनुमा आत्महत्या दोस्रो प्रमुख कारण हो । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने तथ्यांक छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।