वीरगन्जमा भएको गाउँपरिषद् रद्द गर्नु पर्ने भन्दै सखुवा प्रसौनी गापामा ज्ञापन पत्र
वीरगंज संजाल
२४ भाद्र २०७६, मंगलवार १७:५७
२८६३
पर्सा। रामकिशोर चौधरी ।पर्साको सखुवा प्रसौनी गाउँपालिका स्थानियहरु सघर्ष समिति बनाएर गाउँपालिकाको कामकारवाहीको बिरोधमा उत्रिएको छ । सघर्ष समितिले गाउँपालिकाको गाउँ परिषद् रद गरी पुन अर्को गाउँ सभा वोलाउँन माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
सखुवा प्रसौनी गाउँपालिका सघर्ष समितिका अध्यक्ष जयराम महतो थारुको नेतृत्वमा गाउँपालिका पुगेको स्थानियहरुको समुहले गाउँपालिकाकी उपमेयर फुलमती देवी चौधरीलाई सो ज्ञापन पत्र बुझाएका छन् ।
सघर्ष समितिले गाउँपालिकाका अध्यक्ष प्रदिप जैशवालले आर्थिक बर्ष २०७५/७६ को आर्थिक कारोवारको खर्च वितरण सार्वजनिक नगरेको तथा नियमलाई मिचेर गाउँसभा गाउँपालिका क्षेत्र भित्र नगरी गुपचुप रुपमा वीरगन्जको होटलमा गरेको भन्दै २०७६/७७ को उक्त परिषद् रद गरी यथाशिघ्र गाउँपालिका क्षेत्रमै गाउँसभा गर्न माग गरेको छ ।
ज्ञापन पत्र मार्फत सघर्ष समितिले यथासिघ्र गाउँपालिकाको भवन निर्माणको लागि जग्गा खरिद गरी गाउँपालिका कार्यालयको भवन निर्माण प्रक्रिया अगाडी बढाउनु पर्ने तथा गाउँपालिकामा भइरहेको अनियमितता,भ्रष्टाचार र कमिशनखोरी बन्द गर्नु पर्ने माग गरिएको छ ।
सघर्ष समितिले उठाएका मागहरु गाउँपालिकाले पुरा नगरे समिति बाध्य भएर कडा आन्दोलन गर्ने तथा यसको पुरा जिम्मेवारी गाउँपालिका अध्यक्षको हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउँने क्रममा जयराम महातो सहित यसवन्त यादव,सिताराम महतो,तपसी राउत,बाशुदेव महतो,अनिरुद पटेल,जगलाल साह लगायतको उपस्थिती रहेको थियो ।