• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संविधान दिवस : कतै समर्थन कतै विरोध

  • वीरगंज संजाल
  • २४ भाद्र २०७६, मंगलवार १०:१५
  • ५४९९

    काठमाडौं : ३ असोज नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिन हो । जनताबाट चुुनिएका जनप्रतिनिधिको संविधानसभाबाट यो संविधानको २०७२ असोेज ३ गते घोषणा गरिएको थियो । हरेक वर्ष यस संविधान दिवस निकै हर्षोउल्लासका साथ मनाइँदै आएको छ । यस वर्ष ३ असोजमा पनि संविधान दिवस भव्यरुपमा मनाउन सरकारले सार्वजनिक बिदाको घोषणा समेत गरेको छ ।

    संविधान दिवस मनाउनका लागि सरकारले भव्यरुपमा तयारी गरिरहेको बेला उक्त दिनलाई कालो दिवसका रुपमा मनाउन अर्को पक्षले विरोधको भव्यरुपमा तयारी गरिरहेको छ । संविधान दिवस मनाउने र विरोध गर्ने दुवै पक्ष आन्तरिक तयारीमा जुटिरहेका छन् ।

    सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले ३ असोजको संविधान दिवस मनाउन सरकारले भव्यरुपमा तयारी गरिरहेको बताएका छन् ।

    नेपाली जनताले लामो समयसम्म गरेको त्याग, तपस्या र बलिदान वर्तमान संविधानमा प्रतिविम्बित भएको र जननिर्वाचित ऐतिहासिक संविधानसभाबाटै संघीय संविधान घोषणा भएको महत्वपूर्ण संविधान दिवसलाई भव्यरुपमा मनाउन ठूलो तयारी गरिरहेको भन्दै मन्त्री बास्कोटाले भने, ‘सबैको अधिकार सुरक्षित गरेको संविधान घोषणाको त्यो दिन देशैभर सरकारमात्रै नभई आमनेपालीले खुशी साटासाट गरी भव्यरुपमा मनाउने छन् ।’

    तर अर्कोतर्फ प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपालले ३ असोजलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बबरमहलस्थित राजपा पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले विरोध दिवस मनाउने निर्णय गरेको हो ।

    मधेस आन्दोलनको प्रमुख शक्ति मध्येको एक समाजवादी पार्टी हो । तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सात दलमध्ये एक समाजवादी पार्टी पनि हो । संविधान संशोधनको माग सम्बोधन गराउन समाजवादीले दवाव दिँदै आएको छ ।

    राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले ३ असोजमा विरोध दिवसको रुपमा मनाउने तयारी भइरहेको बताएका छन् । पार्टीले संविधान संशोधनको माग गर्दै आएको तर सुनाई नभएकाले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने उनले बताए ।

    ‘अध्यक्ष मण्डलको बैठकले ३ असोजलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरिसकेको छ’ यादवले भने, ‘विगतमा पनि हामीले विरोध दिवस भनेरै मनाएका छौं, आउने ३ असोजमा पनि विरोध दिवस भनेर मनाउछौं, कार्यक्रमको स्वरुपको बारेमा अहिले छलफल चलिरहेको छ ।’

    राजपा नेपालले विरोध दिवसको रुपमा मनाउने निर्णय गरेपनि कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने कुरा सार्वजनिक गरेको छैन । जुन संविधान घोषणा भएको संविधान दिवसको राजपाले विरोध गर्दै छ, सोही संविधानको व्यवस्थाअनुसार प्रदेश २ सरकारमा सहभागी रहेको छ र कतिपय स्थानीय तहमा निर्वाचित पदाधिकारी समेत रहेका छन् ।

    तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध विभिन्न ७ राजनीतिक दलमध्ये ६ दल मिलेर राजपाको घोषणा भएको थियो । मधेस आन्दोलनमार्फत संविधान संशोधनको माग गर्दै आएको राजपाले उक्त मुद्दा अहिलेसम्म उठाउँदै आएको छ ।

    अन्योलमा समाजवादी दल

    संविधान दिवसको विषयमा सत्तासाझेदार समाजवादी पार्टीभित्र अन्योलता छाएको छ । समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादव संघीय सरकारमा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन् । समाजवादीकै नेता इस्तियाक राई सहरी विकास मन्त्री छन् ।

    समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका लालबाबु राउत प्रदेश २ सरकारका मुख्यमन्त्री रहेका छन् ।

    समाजवादी पार्टीका सचिव एवं प्रवक्ता प्रशान्त सिंहले संविधान दिवसको बारेमा पार्टी बैठकमा एजेण्डा नबनेको बताए । संविधान संशोधनसहित दुई बुँदे सहमति गरेर पार्टी सरकारमा सहभागी भएको बताउँदै उनले सो माग अझै पूरा नभएको बताए ।

    मधेस आन्दोलनको प्रमुख शक्ति मध्येको एक समाजवादी पार्टी हो । तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सात दलमध्ये एक समाजवादी पार्टी पनि हो । संविधान संशोधनको माग सम्बोधन गराउन समाजवादीले दवाव दिँदै आएको छ ।

    ‘सरकारमा सहभागी भएकाले हामी यता छौं कि उता जनतामा अन्योलता छाएको साचो हो’ सिंहले भने, ‘संविधान दिवस मनाउने कि विरोध गर्ने भन्ने बारेमा अहिलेसम्म बैठकको एजेण्डा नै बन्न सकिरहेको छैन ।’

    हाल संविधान संशोधनका लागि सरकारमा बसेर दवाव दिइरहेको र यसबाट माग पूरा हुन नसके अर्को विकल्प अघि सार्ने बताए । उनका अनुसार सरकारबाट बाहिरिएर सडक आन्दोलन निर्माण गरी दवाव दिन सकिने बताए । तर ३ असोजमा सरकारले मनाउने संविधान दिवसको बारेमा पार्टीले निर्णय गर्ने उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑