जापानमा आँधी फक्साइको त्रासः २ लाख ९० हजार घर विद्युतविहीन, हवाई उडान र रेलयात्रा अवरुद्ध
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार ०९:४३
५२३९
टोक्यो । जापानको राजधानी टोक्यो नजिकै टाइफुन फक्साइका कारण ठूलो वर्षा भएको छ । साथै सो क्षेत्रमा २१० किमी प्रतिघण्टाको गतिमा आँधी आइरहेको जनाइएको छ । ग्रेटर टोक्यो क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा लग्न मौसमविद्हरुले सुझाव दिएका छन् । आँधीले यातायातमा अवरोध गर्नुका साथै १०० वटा बुलेट रेल र १०० हवाई उडान रद्ध गरिएका छन् ।
उत्तर कोरियामा आइतबार छुट्टै आँधी आएकोमा अहिले जापानमा आँधी आएको हो । उत्तर कोरियामा आइतबार आएको आँधीले ५ जनाको मृत्यु भएको थियो ।
टोक्यो विद्युत उर्जा कम्पनीले जनाएअनुसार २ लाख ९० हजार घरमा विद्युत अवरोध उत्पन्न भएको छ । अधिकारीहरुले ३ लाख ९० हजार कनागवा, शिजुओका र टोक्यो क्षेत्रका मानिसलाई सतर्क रहन आग्रह गरेको छ । फक्साईले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने ठानिएको छ । अधिकारीहरुले पहिरो र नदीहरुमा पानीको सतह बढ्ने चेतावनी समेत दिएका छन् । (बीबीसी)