उपभोक्ता हित संरक्षण मंच बिरगंज नगर कमिटीका अध्यक्ष अजित भुजेलद्वारा बिरगंजका मेयर बिजय सरावगी बिरुद्ध मुद्दा दर्ता
वीरगंज संजाल
२२ भाद्र २०७६, आईतवार २१:१५
७९८१
बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका अध्यक्ष अजित कुमार भुजेलले बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी बिरुद्ध आइतबार मुद्दा दर्ता गरेको छ ।
सडक किनारमा राखेको अव्यवस्थित मासु पसल व्यवस्थित गर्न पटक पटक ध्यान आकर्षक गराउदै बिरगंज महानगरको रजतजयन्ती चोक देखि उतर गण्डक नहरसम्मको मुल सडकको किनारमा नै उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पर्ने किसिमबाट फोहोर नाला छेउमा विभिन्न ठाउमा खसी
, बाख्रा तथा कुखुराको मासु बिक्री भैरहेकोले यस उपभोक्ता हित संरक्षण मञ्चको ध्यानाकर्षण भएकोले सडक किनारामा अव्यवस्थित रुपमा बिक्री गर्ने गरेको मासु पसलले महानगरलाई कुरुप बनाउनुको साथै र मासुपसलवालाहरुको मनपरी ढंगले मासुको मुल्य बढाउने तथा खसी र बाख्राको मासुको छुट्टा छुटै
मुल्य सुची नराखेको साथै खसिको मासुमा बाख्राको मासु मिसाई उपभोक्तालाई दिनहु ठगि गरिरहेकोले स्थानीय सरकार सन्चालन ऎन २०७४;को दफा ११:को उप- दफा २(ञ) को (१) (२)(३)(४)(११)(१४)(१९)ले यस महानगर पालिका लाई अनेक अधिकार दिएकाले उक्त कानुनको पालना गरि गर्न लगाई उपभोक्ताको स्वास्थ्यसङ प्रत्यक्ष सरोकार रहेको यि विसयमा सहज भैइ आवस्यक काम
कार्वाही अबिलम्ब प्रारम्भ गर्न पटक पटक बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई जिल्ला कार्य समितीले ज्ञापनपत्र बुझाएको र बिरगंज नगर कमिटीले पनि ज्ञापनपत्र बुझाएर एक हप्तामा व्यवस्थित र कार्यवन नभए अदालत जाने समेत जानकारी गराई सकेको समेत सो मुद्दामा उल्लेख गरेको छ ।पेसि भदौ २३ सोमबार बिहान १० बजे उच्च अदालत जनकपुर अस्थाई ईजालस बिरगंज चिनीमेलमा रहेको समेत जानकारी अध्यक्ष अजित भुजेलले जानकारी गराएका थिए ।