देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् ।
सो सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकू घाइते भएको पनि सैन्य प्रवक्ता रेजाईले बताए । उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मी तर्फ कुनै क्षति नभएको दाबी पनि गरे । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।