
मुस्कानका बुबा-आमाआमा सहनाजका आँखा पनि रसाइरहेका देखिन्छन्। कुरा गरिरहँदा उनी छोरीको बेडतिर फर्किइरहन्थिन्। ‘त्यसलाई त कडाभन्दा कडा सजाय हुनुपर्छ ताकि मेरो छोरीको हालत अरुको छोरीको नहोस्। हाम्रो छोरीले पाएको पीडा अरुले भोग्न नपरोस्,’ उनी भन्छिन्, ‘छोरीले जति पीडा भोगेको छ, त्योभन्दा बढी अपराधीले भोगोस्। जिउँदै जल्नुजस्तो पीडा अरु के हुन्छ र?’
