• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘छोरी ढुक्क थिई, के थाहा यस्तो प्लान बनाउँदै रहेछ’

  • वीरगंज संजाल
  • Sep 7, 2019, 12:16 pm
  • ५००३

    वीरगन्ज  । शनिबार बिहान साढे ८ बजे। कीर्तिपुर अस्पतालको बर्न सेन्टर। सिमोन्स वार्डको बेड नं ५ मा सुतिरहेकी छिन्, वीरगन्ज महानगरपालिका-३ छपकैयाकी १४ वर्षीया मुस्कान खातुन। नाम मुस्कान, तर अहिले उनको मुस्कान हराएको छ। हाँसो खोसिएको छ।

    अनुहारको दायाँ भाग, घाँटी, छाती र हात जलेका छन्। दायाँ आँखासमेत प्रभावित बन्न पुगेको छ। एकछिन उभिँदा पनि असहज हुन्छ उनलाई।

    यति असह्य पीडाका बावजुद पनि उनका आँखामा आशाको किरण देखिन्छ। अबोध आँखामा जमेको पोखरीबाटै थाहा हुन्छ, उनी धेरै कुरा भन्न खोजिरहेकी छन्। तर, सक्दिनन्।

    कहिल्यै स्कुल नछुटाउने पढाइमा अब्बल मुस्कान सायद सोचिरहेकी छन्– के फेरि म उसरी नै स्कुल जान पाऊँला! साथीहरुसँग पहिलेजसरी नै रमाएर हाँस्न खेल्न सकूँला!

    सदाझैं मुस्कान शुक्रबार बिहान ६ बजे घरबाट स्कुल जानका लागि हिँडिन्। घरबाट करिब १५ मिनेट पैदल दुरीमा छ, उनी पढ्ने त्रिभुवन हनुमान मावि। जहाँ उनी कक्षा ९ मा पढ्छिन्।

    गणेशमान सिंह चोक पुग्दै मात्र थिइन्, एक्कासि उनको अनुहार ताकेर तरल पदार्थ प्रहार भयो। तत्काल चहर्‍याउन थालेपछि उनी चिच्याउन थालिन्। वरिवरिका मानिसहरु जम्मा भए। उनका साथीहरु पनि आइपुगे। उद्धार गरेर उनलाई नारायणी अस्पताल पुर्‍याइयो। मुस्कानका बा-आमालाई उनका साथीले फोन गरेपछि आत्तिँदै उनीहरु पनि अस्पताल पुगे।

    घटना सुन्नासाथ आमाबुवा दुवै घरमै रहेछन्। ‘नसोचेको खबर सुन्नासाथ एकछिन त हाम्रो सातो नै गयो,’ कीर्तिपुर अस्पतालमै छोरीको उपचारमा आएका मुस्कानका बुवा रसुल अलीले भने। अस्पताल पुग्दा छोरीको त्यो हालत देखेर कुन आमाबुवाको मन नरोला ?

    चिकित्सकको सुझाव अनुसार खातुनलाई नारायणी अस्पतालबाट काठमाडौं रेफर गरियो।

    बुवा रसुलका अनुसार वीरगन्जबाट शुक्रबार बिहान ९ बजे एम्बुलेन्समा हिँडेका उनीहरु दिउँसो ३ बजे कीर्तिपुर अस्पताल आइपुगेका थिए। यहाँका चिकित्सकले मुस्कानको स्वास्थ्य जाँच गरेपछि अहिले सिमोन्सको क्याबिन वार्डमा राखिएको छ।

    स्वास्थ्यकर्मी पुग्दा आमा सहनाजले मुस्कानलाई पानी पिलाउँदै थिइन्। रातभर ननिदाएका उनका आँखा लोलाएका देखिन्थे।

    यी आमाबुवाको अनुहारमा थकान र हतास मात्रै होइन आक्रोशको मिश्रण पनि देखिन्छ, बेलाबेला। छोरीको स्याहारमा कमी हुन दिएका छैनन्। सान्त्वनाका हात बेलाबेला मुस्कानको निधारमा पुगिरहन्छ।

    मुस्कानलाई एसिड प्रहार गर्ने १६ वर्षीय सम्साद मियाँ हजाम र उनका साथी माजिद मियाँ अहिले प्रहरी हिरासतमा छन्। प्रेम प्रस्ताव नस्विकारेकाले एसिड प्रहार गरेको सम्सादले प्रहरीसामु स्विकारेका छन्।

    ५ सन्तानमध्ये माइली छोरी हुन्, मुस्कान। उनकी १७ वर्षीया दिदीको बिहे भइसक्यो। बहिनी ५ वर्षकी र दुई जना भाइ १२ र ८ वर्षका छन्।

    मुस्कानका बुवाको आल्मुनियको झ्याल/ढोकाको पसल छ। आर्थिक अवस्था धेरै राम्रो नभए पनि सबै छोराछोरीलाई निकै दु:ख गरेर पढाएको सुनाउँछन्, रसुल।

    उनका अनुसार सम्सादले ६ महिना अगाडिदेखि मुस्कानलाई पछ्याइरहेका रहेछन्। स्कुल जाँदा-आउँदा आफूलाई जहिल्यै जिस्काउने गरेको मुस्कानले बुवालाई एक दिन सुनाएकी रहिछन्।

    ‘मैले त्यो केटालाई सम्झाइबुझाइ गाली पनि गरेँ यस्तो नगर्नु भनेर। रिसको झोँकमा एक थप्पडसमेत हानेको थिएँ,’ बुवा रसुल भन्छन्, ‘केही दिनअघि पनि छोरीलाई ‘अहिले जिस्काउने गरेको छ कि छैन’ भनेर सोधेको थिएँ, छैन भनेकी थिई। के थाहा यस्तो प्लान बनाउँदै रहेछ।’

    उनका अनुसार एसिड प्रहार गर्ने व्यक्ति छिमेकी हुन्। २०–२५ मिनेटको दुरीमा उनीहरुको घर छ।

    यस्तो घटना पहिले भारतमा हुने गरेको सुनिए पनि नेपालमा पनि देखिन थालेको रसुल बताउँछन्। ‘समाज निकै असुरक्षित भइसकेको छ,’ उनको माग छ, ‘हाम्रो छोरीको यस्तो हाल बनाउनेलाई कडा कारबाही होस्। फाँसी होस्।’

    मुस्कानका बुबा-आमाआमा सहनाजका आँखा पनि रसाइरहेका देखिन्छन्। कुरा गरिरहँदा उनी छोरीको बेडतिर फर्किइरहन्थिन्। ‘त्यसलाई त कडाभन्दा कडा सजाय हुनुपर्छ ताकि मेरो छोरीको हालत अरुको छोरीको नहोस्। हाम्रो छोरीले पाएको पीडा अरुले भोग्न नपरोस्,’ उनी भन्छिन्, ‘छोरीले जति पीडा भोगेको छ, त्योभन्दा बढी अपराधीले भोगोस्। जिउँदै जल्नुजस्तो पीडा अरु के हुन्छ र?’

    मुस्कानले आमाबुवालाई भनेकी रहिछन्, ‘राम्रै पढाइ गरिरहेको छु। ठूलो भएर जागिर गर्छु र तपाईंहरुलाई धेरै सहयोग गर्छु।’

    त्यो आशा रसुल र सहनाजमा अझै बाँकी छ। रसुल भन्छन्, ‘पढेर ठूलो मान्छे बन्छु भन्थी। उपचारपछि कस्तो हुने हो। सरकारले उपचार खर्च हेरोस्, उसको पढाइमा सहयोग पुर्‍याओस्।’

    डाक्टरकै अनुमतिका मैले उनीहरुसँग कुरा गरिरहेकी थिएँ। त्यहीबेला राउन्ड फलोअपका लागि आए डा अनोज राजकर्णिकार।

    डा अनुषका अनुसार मुस्कानको शल्यक्रिया आइतबार हुनेछ। ‘उनको अवस्था अहिले स्थिर छ तर खतरामुक्त भने होइन,’ उनले भने।

    पोलिएका बिरामीको उपचार हुने रेफरल अस्पताल हो कीर्तिपुर अस्पताल। सन् २०१८ यता अस्पतालमा ८ जना एसिडपीडित उपचारका लागि आएका अस्पतालकी बर्न टेक्निसियन अफिसर पद्मा महर्जनले बताइन्।

    मुस्कानलाई भेट्न अहिले नयाँनयाँ मानिस आइरहेका छन्। जसका कारण उनलाई झिँजो पनि लागेको छ। त्यसमाथि क्यामेरा लिएर मिडियाकर्मी पुग्दा उनी आत्तिने गरेकी छिन्। सायद सबैको एउटै प्रश्नले उनमा थप पीडा हुँदो हो।

    यत्तिकैमा उनका जिल्लावासी एक जना आइपुगे र तस्बिर लिनका लागि मोबाइल तेर्स्याए। उनकी आमाले फोटो नखिच्न बिन्ती गर्दै थिइन्। उता मुस्कान रुन थालिन्।

    उनको पीडादायी चित्कार सुन्नासाथ म त्यहाँ बस्नै सकिनँ। बिदा मागेर निस्कनै लाग्दा उनका बुवाले टिभी खोले। प्राइम टेलिभिजनमा मुस्कानकै समाचार आइरहेको थियो। रिपोर्टमा एसिड प्रहार गर्नेहरु पनि देखिएका थिए। सोचेँ- अचानक आइलागेको यो संकटमा यी आमाबुवाको मनमा के खेलिरहेको होला?

    शरीरमा पोलिएको घाउ त बिस्तारै ठिक होला मुस्कानको, तर भित्री घाउमा कहिले खाटो बस्ला? प्रेम प्रस्ताव नस्विकार्दा त्यसको मोल कहिलेसम्म मुस्कानजस्ता किशोरीहरुले चुकाउनुपर्ला? अनि छोरीहरुले कहिलेदेखि समाजमा सुरक्षित महसुस गर्न सक्लान्? अस्पतालबाट निस्किएदेखि नै मलाई यिनै प्रश्नहरुले पिछा गरिरहेका छन्।

    हिजो बिरगंजको गणेशमान चौकमा मुस्कान माथि एसिड प्रहार गर्ने ईनी दुई युवक हुनsabharyatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑