• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    ७३ वर्षीया महिलाले दिइन् जुम्ल्याहा छोरीलाई जन्म,आमा तथा बच्चाको स्वास्थ्य सामान्य

  • वीरगंज संजाल
  • Sep 6, 2019, 3:24 am
  • २४३७

    नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एकजना ७३ वर्षीया बृद्धा महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । महिलाको नाम येरामति मंगायम्मा हो र उनले गएको बुधबार बिहान १०ः३० बजे सिजेरियन गरेर जुम्ल्याहा बच्चाको जन्म दिएकी बीबीसीले जनाएको छ ।

    उनको अपरेसन गर्ने चिकित्सक उमा शंकरले बीबीसीलाई बताएअनुसार आमा र जुम्ल्याहा छोरीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको छ । छोरीहरुलाई आगामी २१ दिन सम्म चिकित्सकको निगरानीमा राखिने उनले बताएकी छन् ।

    जुम्ल्याहा बच्चालाई जन्म दिने यी महिला विश्वकै सबैभन्दा बढी उमेरकी महिला हुने अपेक्षा गरिएको छ । सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने विश्वकै रेकर्डमा अहिलेसम्म स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाम रहेको छ । उनले सन् २००६मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।
    यद्यपि कतिपय मानिसको विश्वास छ कि यो रेकर्ड भारतकै ओमकारी पनवारको नाममा रहेको थियो ।

    ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चाको जन्म दिएको बताइने गरेको छ ।

    मंगायम्माले खुसी जनाउँदै भनेकी छन्,“मान्छेहरुले मलाई निःसन्तान महिला भन्ने गर्थे । त्यतिबेला  साह्रै दुःख लाग्थ्यो । यस कारणले मैले बच्चा जन्म दिने फैसला गरेँ । मेरो जीवनमा यो सबैभन्दा खुसीको पल हो ।”

    उनका पति यरामति सीताराम राजारावले भने,“अब म खुसी छु । यो सबै चिकित्सकहरुका कारण सम्भव भयो । हामी अनेक अस्पतालमा गएर अनेकौं उपाय अपनायौं । एक पटक फेरि प्रयास गर्नका लागि हामी यो अस्पतालमा आयौं । यहाँ आएको दुई महिना भित्रै मेरी पत्नी गर्भवती भइन् । हामी गएको ९ महिनादेखि अस्पतालमै छौं । मानिसहरु हामीलाई निःसन्तान व्यक्ति भन्थे । अब यो सकिएको छ । हामी अब यी दुवै छोरीको राम्रो रेखदेख गर्नेछौं ।”

    यो दम्पती पहिलाको पूर्व गोदावरी जिल्लाको नेलापर्तिपडु गाउँमा बस्दै आएको थियो ।

    उनीहरुको विवाह सन् १९६२ को मार्च २२ का दिन भएको हो । बच्चाको चाहनामा यो दम्पती कैयौ वर्षसम्म अस्पतालको चक्कर लगाउँदै आएको थियो ।

    केही  पहिला जब यही क्षेत्रकी ५५ वर्षीया महिलाले आइभीएफ अर्थात् टेस्टट्युब बेबी प्रक्रियामार्फत् बच्चालाई जन्म दिइन् त्यतिबेला यो दम्पतीले पनि सोही प्रक्रियाद्वारा बच्चाको जन्म दिनका लागि प्रयास गर्ने तय गर्यो ।

    गएको वर्ष यो दम्पती गुंगूरको  क्लिनिकमा गए  । डा. उमा शंकरले सबै परीक्षण गरेपछि उनीहरुको औषधि शुरु गरेका थिए । महिलामा बढ्दो उमेरसँगै शुक्राणुको संख्या कम हुँदै जान्छ र ३५ वर्षपछि निकै तीब्र गतिमा यसको कमी हुने गर्छ । मंगायम्माको रजोनिवृत्ति रोकिइसकेको थियो । यसले गर्दा बिनाकुनै चिकित्साकीय परामर्श उनी गर्भवती हुनु सम्भव थिएन ।

    गर्भधारणका लागि यो दम्पतीले एक दातासँग अण्डाणु लिएका थिए । त्यसपछि आइभीएफ तरिकाबाट उनका पति सीताराम राजारावको शुक्राणुमा त्यसलाई मिलाइयो । यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा रोपित गरिएको थियो ।

    बृद्धा महिलाका लागि गर्भधारण एक जटिल प्रक्रिया हो । यस्तो मामिलामा अधिक सावधानीको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । (बीबीसी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु
  • इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा
  • विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑