• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रभावकारी हुन सकेन मानव बेचबिखन नियन्त्रण

  • वीरगंज संजाल
  • Sep 5, 2019, 5:42 pm
  • ३७५३

    काठमाडौं । जघन्य सामाजिक अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार र विभिन्न गैरसरकारी सङ्घसंस्थाले सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लगायत ऐन-कानून भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको  सरोकार भएकाहरुले बताएका हुन् ।

    सरकारले विभिन्‍न खाडी मुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि  भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन्  बढ्दै गएको छ ।  यसरी गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका  धेरै नेपाली महिला बिचल्लीमा परेका छन् । पछिल्लो समय गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता पनि बढ्दै गएको छ ।

    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारेर झुक्याई तथा  त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिएको छ ।

    महिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा भारत, म्यान्मा, कुबेत, साउदी अरब, कायरो, कोलम्बो, थाइल्याण्डलगायत  नेपालस्थित राजदूतावास र महावाणिज्य दूतावासबाट एक हजार ९९र्८ नेपालीलाई स्वदेश फर्काइएको थियो । त्यसैगरी पुनःस्थापना केन्द्रबाट एक हजार ६३४ पीडितले सेवा प्राप्त गरेका थिए । सो अवधिमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रहरीमा ३०५ मुद्दा दर्ता भएको उक्त मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । महिला तथा बालबालिका बेचबिखनविरुद्धको अभियानमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अध्ययन प्रतिवेदन अवलोकन गर्दा भारत हुँदै विभिन्न बहानामा तेस्रो मुलुकमा नेपाली श्रमिक बेचबिखन तथा ओसारपसार हुने क्रम बढ्दै गएको पाइन्छ ।

    अध्ययनअनुसार भारत हुँदै तेस्रो मुलुक वैदेशिक रोजगारीका लागि जाने पुरुषभन्दा पनि महिला श्रमिकको सङ्ख्या बढी छ । श्रमको बढ्दो मागसँगै विश्वमा मानव बेचबिखन तथा ओसारपसार पनि झन् झन् बढ्दै गएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठनले विश्वभरि दुई करोड ९० लाख मानिस दासका रुपमा रहेको अनुमान गरेको छ । तीमध्ये ९५ लाख पुरुष र बालक तथा एक करोड १४ लाख महिला र बालिका रहेको बताइएको छ । मन्त्रालयका अनुसार आर्थिक र सामाजिक रुपमा बहिष्कृत, विद्यालयबाट बाहिर रहेका, अशिक्षित, अन्य व्यक्तिको साथ नपाएका (एकल), बसाइ स्थानान्तरण गरेका १८ वर्ष पुगेका किशोरी तथा महिला सबैभन्दा बढी बेचबिखनको जोखिममा छन् ।

     मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै जानाको कारण हेर्दा गरीबी, महिला हिंसा, पारिवारिक बेमेल, देशमा रहेको बेरोजगारी समस्या र चेतनाको अभाव हो । एटविनको एक अध्ययनअनुसार ६० प्रतिशत महिला तथा पुरुष बेरोजगारका कारण र २८ प्रतिशत गरीबीको रेखामुनि रहेका महिला तथा पुरुष मानव तस्करी तथा श्रम शोषणमा परेका छन् । ऐन र नियमावलीले यौन शोषण, श्रम शोषण तथा मानव अङ्ग तस्करीसमेतलाई जघन्य सामाजिक अपराधका रुपमा परिभाषित गरेको छ ।

    वर्तमान समयमा बाध्यात्मक तथा बालविवाहदेखि बाल श्रम, बाल दासत्व, धर्मपुत्रपुत्रीका रुपमा शोषण, प्रक्रिया पूरा नगरी गैरकानूनी आप्रवासन, बँधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोषण, यौन दासत्व, व्यावसायिक यौन शोषण आदि विभिन्न उद्देश्यका लागि मानव बेचबिखन गरिन्छ । वर्तमान समयमा मानव बेचबिखन तथा ओसारपसारको कार्य हातहतियार लागुऔषधको अवैध कारोवारसरह अन्तरदेशीय सङ्गठित अपराधका रुपमा पनि फैलिँदै गएको पाउन सकिन्छ ।

    नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३८ मा महिलाको हक र धारा २९ मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचबिखन गर्न दास वन बाधा बनाउन पाइने छैन भनी मानव बेचबिखनविरुद्धको कार्यलाई मौलिक हकका रुपमा समावेश गरिएको छ ।

    यसैबीच भदौ २० गते  सरकार र सरोकार भएका सङ्घसंस्थाले मानव बेचबिखन तथा ओसारविरुद्धको तेह्रौँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्‍ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

     काठमाडौँमा सन् २००२ मा सम्पन्‍न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई भदौ २० गते तत्कालीन व्यवस्थापिका-संसद्बाट अनुमोदन भएको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने कार्यको शुभारम्भ भएको हो । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑